images
images

समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाद्वारा किसानलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाद्वारा किसानलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाद्वारा किसानलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले किसानहरूलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार शितलापुर, शिवराज नगरपालिका–१०, कपिलवस्तुमा कृषक समूहलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ३५ जना स्थानीय सहभागी भएका थिए।

    सहभागीहरूलाई नयाँ खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको अनिवार्यता र अन्य महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो । 

    साथै, बैंक र वित्तीय संस्थासँग सम्बन्धित एक अन्तर्क्रियात्मक कार्यक्रम पनि सञ्चालन गरियो जसले सहभागीहरूलाई बैंकिङ सेवाहरू र वित्तीय संस्थाहरूका बारेमा आवश्यक जानकारी दिन मद्दत पुगेको कम्पनीको भनाइ छ । 

    कृषक समुदायलाई वित्तीय साक्षरता अभिवृद्धि गर्नु र उनीहरूलाई वित्तीय सेवाको महत्त्व र उपयोगिताबारे सचेत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आर टिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड  जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार