काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार पनि सेयर बजार घटेको छ । बुधबार ४.४५ अङ्कले घटेको बजार बिहीबार ११.६४ अङ्कले घटेर २६९९.८१ बिन्दुमा झरेको हो ।
यो दिन १६० ओटा कम्पनीको सेयर मूल्य घट्दा ७४ ओटाको मात्रै बढेको छ । त्यस्तै, ९ ओटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
त्यसैगरी, आज ३१५ धितोपत्रको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर खरिद बिक्री भएको छ । यता, कारोबार रकम पनि अघिल्लो दिनको भन्दा घटेको छ ।
बिहीबार ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएएको छ । बुधबार भने ९ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यो दिन वित्त समूहबाहेक सबै सेक्टरमा पहिरो गएको छ । यो दिन वित्त समूहको परिसूचक १.५८ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक बढी गुमाउनेमा विकास बैंकका लगानीकर्ता छन् । विकास बैंक समूहको परिसूचक १.५३ प्रतिशतले घट्दा बाँकी सबै समूहको परिसूचक घटेको हो ।
बिहीबार उपरलोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
बुधबार सबैभन्दा बढी रकमको सेयर कारोबार साहस उर्जा लिमिटेडले गरेको छ । यो कम्पनीको आज ३१ करोड ३५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।