झाडी फाँडेर २४ लाख रुपैयाँ लगानी, १४० रोपनीमा हुर्किदै २०० ओखरका बिरुवा

झाडी फाँडेर २४ लाख रुपैयाँ लगानी, १४० रोपनीमा हुर्किदै २०० ओखरका बिरुवा

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • images
    images
    झाडी फाँडेर २४ लाख रुपैयाँ लगानी, १४० रोपनीमा हुर्किदै २०० ओखरका बिरुवा

    ढोरपाटन /  बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरूले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।  

    दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए। हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

    ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । 

    ओखर फलाउन किसानको १४ लाख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख रुपैयाँ अनुदान गरी २४ लाख रुपैयाँ लगानी भएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए । 

    “परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनुभएको छ, बिरुवा हुकिएका छन्”, उनले भने । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय