images
images

नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ८ करोड ६९ लाखको विगोसहित कैद सजाय

नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ८ करोड ६९ लाखको विगोसहित कैद सजाय

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ८ करोड ६९ लाखको विगोसहित कैद सजाय
    images
    images

    काठमाडौँ / काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध ८ करोडको विगोसहितको भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुरुपैयाँ माग दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैङ्क तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ छ।

    आयोगका अनुसार बस्नेतको सोही अवधिमा जाँच गर्दा व्ययतर्फ जग्गा खरिद, घर निर्माण खर्च तथा मर्मत, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनमा भएको खर्च तथा लगानी लगायतको रकम २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ रहेको देखिएको छ। 

    सो अवधिमा कुल आयभन्दा खर्च बढी देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। कुल खर्च तथा लगानी रकम ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो कायम गरी बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद र बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ। 

    बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार