images
images

नेपाल लाइफको साधारण सभा सम्पन्न, एक अर्ब ७२ करोड ७९ लाख लाभांश पारित

नेपाल लाइफको साधारण सभा सम्पन्न, एक अर्ब ७२ करोड ७९ लाख लाभांश पारित

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • नेपाल लाइफको साधारण सभा सम्पन्न, एक अर्ब ७२ करोड ७९ लाख लाभांश पारित
    images
    images

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको छ । 

    नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी मानिएको नेपाल लाइफले सोमबार होटल भिष्वा, बीरगंज, पर्सामा सभा सम्पन्न गरेको हो । 

    उक्त अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्ष संघईले प्रस्तुत गरेका आव २०८०/८१  को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

    लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गरेको छ ।

    साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ हजार ६६ लाख ५५४ रूपैयाँको जम्मा २१.०५ प्रतिशत लाभांश पारित गरेको छ । 

    सभाबाट लाभांश वापतको १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रूपैयाँ लाभांशको रूपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

    सो अवसरमा अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

    कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, लर्निङ म्यानेजमेन्ट सिस्टमलाई  प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, अटोमेसनको प्रयोगबाट समयको बचत र लागत घटाउन, भविष्यमा कम्पनीलाई डिजिटल रूपमा रूपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको बताए । 

    साथै, उनले कम्पनीले रिस्क म्यानेजमेन्ट फ्रेमवर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरूको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए । 

    सञ्चालक समितिका अध्यक्ष संघईले साधारण सभामा सेयरधनीहरूले राखेका सुझावहरूलाई सकारात्मक रूपमा लिइने बताए । 
    अध्यक्ष संघईले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनी महानुभावहरू र कम्पनीका सम्पूर्ण बीमितहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरे । 

    नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र अन्य सम्बन्धित निकायहरूबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि कृतज्ञता व्यक्त गरे । 
    कम्पनीको लक्ष्य हासिल गर्न निरन्तर कार्य गर्ने कर्मचारीहरू, समस्त अभिकर्ताहरू र कम्पनीको उत्थानप्रति गहन अभिरूचि, नियमित नियमन, बहुमूल्य सुझाव एवं समय प्रदान गर्नु हुने सञ्चालक समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । 

    २५औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  आ.व.२०८०/८१ मा आएका चुनौतीहरूलाई अवसरहरूमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरू बताए । 

    देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । 

    प्रमुख कार्यकारी अधिकृत पराजुलीले आउने वैशाख २१ गते कम्पनी २५ वर्षमा प्रवेश गर्ने कुरा बताए । सो अवसरमा सम्पूर्ण सरोकारवालाहरूको आकांक्षालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताए । 

    आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए। लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न शहरहरूमा जग्गा खरिद गरिसकेको र भवन निर्माण प्रक्रियाहरू यथाशीघ्र चाँडो प्रारम्भ गरिने बताए । 

    २०८१ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । 

    कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 

    यसका साथसाथै कम्पनीले हालसम्म २८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ ।
    ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार