images
images

कर्जाको डिमाण्ड बढेपछि बैंकहरूले घटाउन छोडे ब्याजदर, फागुनका लागि कुन बैंकले कति तोक्यो ब्याज ?

कर्जाको डिमाण्ड बढेपछि बैंकहरूले घटाउन छोडे ब्याजदर, फागुनका लागि कुन बैंकले कति तोक्यो ब्याज ?

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • कर्जाको डिमाण्ड बढेपछि बैंकहरूले घटाउन छोडे ब्याजदर, फागुनका लागि कुन बैंकले कति तोक्यो ब्याज ?
    images
    images

    काठमाडौँ / वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार अधिकांश बैंकहरूले फागुनमा ब्याजद स्थिर राख्ने भएका छन् । कर्जाको माग घटेसँगै बैंकमा तरलता थुप्रिएको थियो । 

    बैंकमा पैसा थुप्रिएपछि तनाबमा रहेका बैंकहरूले ब्याजदर घटाएर लगानीका लागि आकर्षित गरिरहेका थिए । पछिल्लो समय कर्जाको माग बढ्न थालेपछि बैंकहरूले ब्याजदर घटाएका छैनन् । 

    फागुन महिनाका लागि १८ ओटा वाणिज्य बैंकले ब्याजदर स्थिर राखेसँगै कर्जा लगानी बढिरहेको पुष्टि गर्छ । फागुनमा ग्लोबल आईएमई बैंकले ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ । 

    यसअघि पुस महिनामा १४ वटा र माघ महिनामा पनि १८ वटा बैंकले ब्याजदर स्थिर राखेका थिए । व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर ६ प्रतिशत नै छ ।

    फागुनका लागि ग्लोबल आइएमई बैंकले ०.२५ बिन्दुले ब्याजदर बढाएर ५.७५ प्रतिशतबाट ६ प्रतिशत पुर्याएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशतबाट ०.२५ बिन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ । बाँकी १८ ओटा वाणिज्य बैंकहरूले भने फागुनमा पनि माघकै ब्याजदर दोहोर्याउने निर्णय गरेका छन्  

    व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ ।

    फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंक र नेपाल एसबिआइ बैंकले दिने भएको छ । यी बैंकहरूको फागुन महिनाको लागि ब्याजदर समान ५.५ प्रतिशत छ । 

    त्यस्तै सबैभन्दा बढी ब्याज भने एनएमबी र एनआईसी एसियाले दिने भएको छ । यी दुई बैंकले सबैभन्दा बढी ६.६ प्रतिशत ब्याज दिने भएको हो ।

    वाणिज्य बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर 

    Note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार