images
images

अर्थ सचिव बने घनश्याम उपाध्याय, राष्ट्रपति कार्यालय पुगे रामप्रसाद घिमिरे

अर्थ सचिव बने घनश्याम उपाध्याय, राष्ट्रपति कार्यालय पुगे रामप्रसाद घिमिरे

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • अर्थ सचिव बने घनश्याम उपाध्याय, राष्ट्रपति कार्यालय पुगे रामप्रसाद घिमिरे
    images
    images

    काठमाडौँ / अर्थ मन्त्रालयको सचिव घनश्याम उपाध्याय बनेका छन् । यसअघि अर्थ सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । 

    मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । 

    कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे ।  

    अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा डा. घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशिल बनाउन इमान्दारीपूर्वक योगदान पुर्याएको उल्लेख गर्दै उनको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताए । 

    अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

    सचिव डा. घिमिरेले  विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिमा प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशिल बनाउन आफूले सदा सहयोग गर्ने बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार