images
images

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब झिक्ने, आजै बोलकबोल

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब झिक्ने, आजै बोलकबोल

नियामक निकाय राष्ट्र बैंकले बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी विभिन्न वित्तीय उपकरण जारी गर्ने गर्दछ ।

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब झिक्ने, आजै बोलकबोल
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएपछि राष्ट्र बैंकले बुधबार पुनः ६० अर्ब रुपैयाँ खिच्ने भएको हो । 

    राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ ।बोलकबोलका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म आह्वान गरेको छ । 

    घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरेको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बैंकहरुबीचको सापटी अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि विभिन्न उपकरणमार्फत बजारबाट पैसा तान्ने गर्छ। अन्तरबैंक ब्याजदर ६.५ प्रतिशत प्रतिशतभन्दा बढी भएपछि विभिन्न औजारहरूमार्फत राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । 

    पछिल्लो डेढ वर्षयता अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम रहेको छ । नियामक निकाय राष्ट्र बैंकले बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी विभिन्न वित्तीय उपकरण जारी गर्ने गर्दछ ।

    डेढ वर्ष यता राष्ट्र बैंकले नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ। गत माघ २७ गते राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्न  खोज्दा बैंकहरूले भने साढे ४३ अर्ब रुपैयाँ राख्न खोजेका थिए। सो समयमा बैंकहरूले औसत ब्याजदर २.९९९५ प्रतिशतमा ३० अर्ब राखेका थिए । 

    माघ २९ गतेसम्म विभिन्न उपकरणबाट तानिएको बैंकहरूको २ खर्ब ५० अर्ब रुपैयाँ फिर्ता हुन बाँकी देखिन्छ। आज (बुधबार) बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिकेको खण्डमा राष्ट्र बैंकमा बैंकहरूको करिब २ खर्ब २० अर्ब रुपैयाँ बाँकी हुने देखिन्छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार