काठमाडौँ / भ्यालेन्टाइन डेको अवसरमा मर्क्योर काठमाडौँ सुकेधारा हाइट्सले विशेष अफर सार्वजनिक गरेको छ । होटलले जोडीहरूका लागि विशेष रोमान्टिक स्टे प्याकेजहरूसहितको अफर सार्वजनिक गरेको हो ।
काठमाडौँ उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गरेको होटलले जनाएको छ ।
क्यान्डल लाइट डिनर, रुफटप अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ यस होटलले विशेष अफर ल्याएको उल्लेख गरेको छ ।
भ्यालेन्टाइन डाइन – अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स
यहाँहरूले हाम्रो दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्नु हुनेछ जहाँको रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ।
पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्। यसका लागि प्रतिजोडी ७ हजार ९९९ रुपैयाँ मात्रै लाग्ने होटलले जनाएको छ ।
शुक्रबार - ‘सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स’
एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्रबार ९० मिनेटका लागि असीमित पास-अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरू प्रस्तुत गर्नेछ। लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्ने दावी गरिएको छ । यसका लागि प्रतिजोडी १२ हजार ९९९ रुपैयाँ खर्च लाग्नेछ ।
भ्यालेन्टाइनका स्टे प्याकेजहरू
रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज : आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिन सकिनेछ । विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द लिन सकिने होटलको दावी छ । यसका लागि होटलले प्रतिजोडी १७ हजार ९९९ रुपैयाँ लाग्नेछ ।
नाइट टू रिमेम्बर : द अल्टिमेट रोमान्टिक एस्केप
लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ । जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने होटलको दावी छ । यसका लागि प्रतिजोडी २२ हजार ९९९ रुपैयाँ लाग्ने बताइएको छ ।