काठमाडौँ/ आगामी मे महिनामा एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो सक्रियता थप बढाएका छन् ।
जसअनुसार उनले विश्वका विभिन्न देशमा भ्रमण गरेर त्यहाँका अभियन्ताहरूसँग छलफल र अन्तरक्रियाको तयारी गरेका छन ।
जसअनुसार घले मार्च २१ मा दुबई, मार्च २२ र २३ मा युके, मार्च २४ मा बेल्जियम,मार्च २५ मा पोर्चुगल पुग्दै छन् । यसैगरी कतारमा मार्च २७ मा घले पुग्ने कार्यक्रम रहेको छ ।
त्यहाँ पुग्दा उनले बढी भन्दा बढी एनआरएनए अभियन्ताहरूसँग भेटवार्ताका साथै एकताका लागि आवश्यक कार्य गर्ने अभियन्ता गंगाधर गौतमले जानकारी दिए ।
घलेको टोलीमा एनआरएनए अभियन्ता आरके शर्मासहित समितिका अन्य सदस्य र प्रभावशाली अभियन्ताहरूको सहभागिता रहने बताइएको छ । एनआरएनएको एकता महाधिवेशन गराउनका लागि घलेले सबै तयारीलाई तीव्रता दिएका छन् भने एनआरएनएभित्रकै एउटा समूहले असहयोगको नीति लिए पनि अत्याधिक अभियन्ताहरूको साथ समर्थन संयोजक घलेलाई रहेको छ ।
उसो त हाल बद्री केसी समुहको एनआरएनएमै लागेकाहरू समेत घलेको पक्षमा खुल्न थालेका छन् भने धेरै अभियन्ताले सर्वोच्च अदालतको परमादेश र पररास्ट्र मन्त्रालयको आदेससङ्गै पररास्ट्र मन्त्रालयले महाधिवेशनका लागि कानुन मन्त्रालय र पररास्ट्र मन्त्रालयको प्रतिनिधि पठाएपछिएकताको महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
मध्यपुर्वका अभियन्ता राज रेग्मी एकताको विकल्प नभएको बताउँछन् । ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका उनले सहमति बनेमा परराष्ट्र मन्त्रालयको औपचारिक आह्वानमा उच्चस्तरीय समितिसँग भएको मिटिङबाट परराष्ट्र मन्त्रालय, विभागीय मन्त्रीलगायत कानूनविद्हरूको प्रस्ट आशय, सुझाव र निर्देशन संस्थालाई विभाजनबाट जोगाई बलियो बनाउने रहेको रेग्मिले बताए ।
उनले संस्थालाई सशक्त बनाउन केसी नेतृत्वको कार्यसमितिलाई अक्टूबरसम्म काम गर्न दिइ उच्च स्तरीय समितिलाई निर्वाचनको जिम्मा दिदा सबै समेटिने र एकता हुने रेग्मीको भनाइ रहेक छ ।
साथसाथै अदालतको पहिलो फैसला र कार्यान्वयन विभागको परमादेशलाई अनुसरण गर्दै डा शेष घलेको नेतृत्वमा रहेको १३ सदस्यीय उच्च स्तरीय समितिबाट नै र थप गर्न आवश्यक परेको खण्डमा अन्य केही सदस्य थप गरी अदालतले तोकेको मितिमा सर्वसहमतिमा अब आउने अधिवेशनलाई एकताको अधिवेशन सम्पन्न गर्नुपर्ने रेग्मीको भनाइ छ ।