मुलुकमा अहिलेको कृषि प्रणालीले कृषकहरुलाई ध्वस्त बनाएको टिप्पणी अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले गरेका छन् । यस्तो प्रकारको प्रणालीले किसानलाई झन झन गरिबीतर्फ डुबाउने तर्क उनले राखेका छन् ।
किसानहरु आफ्नै पेशाबाट पलायन हुँदै गइरहेको उल्लेख गर्दै देशका हजारौं किसानहरुको रोजीरोटीको सुरक्षा नभएको उनले बताए । राज्यको कृषि प्रणाली किसानको पक्षमा छैन । किसानमाथि शोषण छ, उनले भने, ‘जलबायु परिवर्तनका कारण साना किसानहरु अझै बढि मर्कामा छन् । जल जमिन जंगलमा पूँजिपति बर्गको हाली मुहाली छ, किसानहरुको अधिकार खोसिदै खोसिदै गइरहेको छ ।’ राज्यले किसानहरुको हितका लागि उपयुक्त नीति बनाउन नसक्दा किसानहरुको जीवनस्तर उकासिन नसकेको विचार डा. दंगालले ब्यक्त गरेका छन् ।
उनले दक्षिण एसियाली किासन सम्मेलनबाट पारित गरिएका विषयहरु पत्रकारहरुलाई जानकारी गराउने क्रममा यस्तो विचार ब्यक्त गरेका हुन् । मुलुकमा भूमिऐन, सुकुम्बासी बासोबास, कृषिमा बैदेशिक लगानी, किसान परिचय पत्र लगायत धेरै विषयहरु बहसमा रहेको राज्यले यसको लागि छिटै कृषि ऐन ल्याएर निष्कर्षमा पुग्नुपर्ने बताए । उनले भने, ‘किसानलाई सामाजिक सुरक्षामा जोड्नैपर्दछ । किसानहरु सबैभन्दा गरिबीको रेखामुनी छन् । जसको जीवनस्तर उकास्न आन्दोलनको विकल्प छैन । नेपालबाट मात्रै होइन दक्षिण एसियाली किसानहरु एकबद्ध भएर आफ्नो हकहितका लागि आन्दोलित हुनुपर्ने बेला भएको छ ।’ दक्षिण एसियाली किसान मञ्च यसैका लागि गठित भएको डा. दंगालले बताए ।
दक्षिण एसियाका विभिन्न मुलुकमा कार्यरत किसान संगठनका प्रतिनिधिहरुको उपस्थितिमा यहि चैत ७ र ८ गते दक्षिण एसियाली कसान मञ्चको पाँचौ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दंगालकै नेतृत्वमा १२ जना सदस्यहरु चुनेको छ । सदस्यहरु बङ्गलादेश, भारत, नेपाल, लगायत मुलुकहरुबाट चुनिएका छन् । अझै भुटान, माल्दिभ्स, अफगानिस्थानको प्रतिनिधिहरु चुनिन बाँकी छ ।
दक्षिण एसियाली किसान सम्मेलनबाट सर्वसम्मत निर्वाचित दक्षिण एसियाली किसान महासंघको नेतृत्व र आवद्ध पदाधिकारीहरु यी हुन् :
१. अध्यक्षः डा. प्रेम दंगाल, अध्यक्ष अखिल नेपाल किसान महासंघ, नेपाल
२. उपाध्यक्ष रखुला रखुला वेंकैया (अखिल भारतीय किसान सभा, भारत
३. उपाध्यक्षः निमाईचन्द गाड्गुली बड्लादेश कृक्षक समिति, बङ्गलादेश
४. उपाध्यक्षः तारिक महमूदस् (पाकिस्तान किसान राबिता कमिटी), पाकिस्तान
५. महासचिवः पुरुषोत्तम शर्मा (अखिल भारतीय किसान महासभा) भारत
६. सचिवः पी भि. सुन्दरा रामाराजु (अखिल भारतीय अग्रगामी किसान सभा) भारत
७. सचिवः बख्तियार हुसैन (जातीयो कृषक समिति), बङ्गलादेश
८. सचिवः बहुल आलम (बङ्गलादेश कृक्षक महासंघ), बंगलादेश
९. सचिवः सुवासिनी दिपा कमलनाथन (नेशनल फिशरिज सोलिडारिटी अर्गनाइजेसन)
१०. सदस्यः पुरुषोत्तम न्यौपाने (अखिल नेपाल किसान महासघ।
११. सदस्यः सरिता भुसाल (महिला किसान महासंघ, नेपाल), नेपाल
१२. सदस्य पद्मा पास्या (अखिल भारतीय किसान सभा, भारत), भारत
बांकी रहेका पदाधिकारी एवं सदस्यहरु श्रीलका, भुटान, मालदिभ्स, अफगानिस्तान र भारतबाट पछि मनोनयन गरिने जनाएको छ ।