images
images

सेयर बजार : नेप्से २६ सय र कारोबार रकम ४ अर्बमा झर्यो, बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब

सेयर बजार : नेप्से २६ सय र कारोबार रकम ४ अर्बमा झर्यो, बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • images
    images
    सेयर बजार : नेप्से २६ सय र कारोबार रकम ४ अर्बमा झर्यो, बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब
    images
    images

    काठमाडौँ / मङ्गलबार सेयर बजार बढ्न सकेन । अघिल्लो कारोबार दिनकोझैँ आज पनि नेप्से परिसूचक ७.६६ अङ्कले घटेर २६९७.०४ बिन्दुमा खुम्चिएको छ ।

    नेप्सेसँगै कारोबार रकम घट्ने क्रम पनि जारी छ । सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको कारोबार भएकोमा आज भने ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँको मात्रै कारोबार भयो । 

    मङ्गलबार ८६ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको घट्यो । मूल्य स्थिर हुने कम्पनी भने आज आज ४ ओटा मात्रै छन् । 

    मङ्लबार ३१३ धितोपत्रको ८२ हजार ३७ हजार ९०२ कित्ता सेयर ५० हजार ८३४ पटकमा खरिद बिक्री भए । बजार बन्द हुने अवधिसम्म आज बजार पुँजीकरण रकम ४४ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित भएको छ । 

    यस दिन अन्य समूहको परिसूचक ०.११ प्रतिशतले घट्दा बाँकी सबै सेक्टर १ प्रतिशतभन्दा कमले घटेका छन् । आज सबैभन्दा धेरै जीवन बिमा समूह ०.७० प्रतिशत, व्यापारिक समूह ०.६६ प्रतिशतले घटेका छन् भने निर्जीबन बिमा ०.५४ प्रतिशत, म्युचुअल फण्ड ०.३७ प्रतिशत, उत्पादन तथा शोधन ०.२३ प्रतिशत, हाइड्रोपावर र वित्त समूह ०.१७ प्रतिशत, बैंकिङ समूह ०.१४ प्रतिशत, होटल तथा पर्यटन र लगानी समूहको परिसूचक ०.४२ प्रतिशतले घटेका छन् । 

    मङ्गलबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १८१० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ६३३ रुपैयाँ पुगेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ७.२८ प्रतिशतले बढेर ८८४ रुपैयाँ पुगेको छ । 

    आज सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२१ प्रतिशतले घटेर प्रतिकित्रा २३७ ० रुपैयाँ कायम भएको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडको सेयर मूल्य ७.७२ प्रतिशतले घटेर प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको छ । 

    आजको कारोबार रकममा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको हिस्सा रहेको छ । यो कम्पनीको ३२ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार