images
images

सेयर बजार : विशाल बजारका कारण व्यापारिक समूहमा हरियाली, अन्य सेक्टर राताम्मे

सेयर बजार : विशाल बजारका कारण व्यापारिक समूहमा हरियाली, अन्य सेक्टर राताम्मे

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    सेयर बजार : विशाल बजारका कारण व्यापारिक समूहमा हरियाली, अन्य सेक्टर राताम्मे
    images
    images

    काठमाडौँ / साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लाग्ने क्रम जारी रह्यो । यो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६३ अङ्क अर्थात ०.७९ प्रतिशतले घटेको हो । यो दिनसम्म आइपुग्दा नेप्से घटेर २७१४.८५ बिन्दुमा झरेको छ । 

    images
    images

    आइतबार ३२ कम्पनीको मूल्य बढ्दा २०६ कम्पनीको घट्यो । मूल्य स्थिर हुने कम्पनी भने आज ६ वटा छन् । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लाग्ने क्रम जारी छ । आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री हुँदा बजार पुँजीकरण रकम ४५ खर्ब ७ अर्ब ८८ करोड ६८ लाख ४१ हजारमा सीमित भएको छ । 

    आज ३१६ धितोपत्रको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ७९ हजार ३१ पटकमा किनबेच भए । आइतबार विशाल बजारको सेयरमा माग बढ्दा व्यापारिक परिसूचक ४.९२ प्रतिशतले बढेको छ भने अन्य सबै सेक्टर घटेको छ ।

    यसैगरी, विकास बैंक २.२५ प्रतिशत अन्य १.५२ प्रतिशत, वित्त १.३९ प्रतिशत, लगानी १.७२ प्रतिशत, हाइड्रोपावर १.२९ प्रतिशत, जीवन बिमा १.०६  प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक पनि १ प्रतिशतभन्दा कमले घटेको छ । 

    यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ८.१९ प्रतिशतले घटेर प्रतिकित्ता २३९० रुपैयाँ कायम भएको विशाल बजार कम्पनीको ५.३४ प्रतिशतले बढेर ५६०० रुपैयाँ पुगेको छ । 

    यता, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक बढी ७.९१ प्रतिशतले घटेर प्रतिकित्ता १२५८ रुपैयाँ कायम भएको छ भने पिपुल्स हाइड्रो पावरको सेयर मूल्य पनि ७.३३ प्रतिशतले घटेको छ । 

    आइतबारको कारोबार रकममा सर्वाधिक बढी हिस्सा हिमालयन रिइस्योरेन्सको छ । यो कम्पनीको ५८ करोड ६६ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख ७५ हजारको सेयर खरिद बिक्री भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार