images
images

सेयर बजार : नेप्से १४ अङ्कले घट्यो, व्यापारसहित तीन वटा सेक्टर बढ्दा वित्त र जीवन बिमातर्फ उच्च गिरावट

सेयर बजार : नेप्से १४ अङ्कले घट्यो, व्यापारसहित तीन वटा सेक्टर बढ्दा वित्त र जीवन बिमातर्फ उच्च गिरावट

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • images
    images
    सेयर बजार : नेप्से १४ अङ्कले घट्यो, व्यापारसहित तीन वटा सेक्टर बढ्दा वित्त र जीवन बिमातर्फ उच्च गिरावट
    images
    images

    काठमाडौँ / बुधबार २७०६ बिन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्ततः १४.८८ अङ्कले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन (मङ्गलबार) ७.६६ अङ्कले घटेर २६९७.०४ बिन्दुमा झरेको नेप्से आज २६८२.१५ मा पुगेको हो । 

    नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँँको कारोबार भएको हो । 

    आज ५४ कम्पनीको मूल्य बढ्यो । त्यस्तै, १८२ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । बुधबार ३११ धितोपत्रको ९५ हजार ८३ हजार ८२९ कित्ता सेयर ५४ हजार ६२२ पटकमा खरिद बिक्री भए। बजार पुँजीकरण रकम पनि घटेर आज ४४ खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ । 

    बुधबार तीन वटा सेक्टरको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् । आज सबैभन्दा बढी व्यापार समूहको परिसूचक ०.६० प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशत र म्युचुअल फण्डको ०.०३ प्रतिशतले परिसूचक बढेको हो । 
    त्यस्तै, सर्वाधिक बढी गुमाउनेमा आज वित्त र जीवन बिमा समूहका परिसूचक छन् । वित्त समूहको परिसूचक १.५३ प्रतिशत र जीवन बिमा समूहको १.४८ प्रतिशतले घटेको हो । 

    यसैगरी, बैंकिङ उपसमूह ०.५६ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, हाइड्रोपावर ०.६७ प्रतिशत, लगानी ०.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशत, लघुवित्त ०.४८ प्रतिशत, निर्जीबन र अन्य समूह ०.५१ प्रतिशतले परिसूचक घटेका छन् । 

    बुधबार पनि मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता १९८० रुपैयाँ पुगेको छ । 

    गरिमा समृद्धि योजनाको इकाई मूल्य आज ७.६९ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्टको ७.२४ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । 

    यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक बढी ९.२० प्रतिशतले घटेर प्रतिकित्ता २१५२ रुपैयाँमा झरेको छ । यसैगरी, हिमालयन पावर पार्टनरको सेयर मूल्य ४.५२ प्रतिशत, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको ४.२३ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४.२० प्रतिशत र मनकामना इनर्जिङ हाइड्रोपावरको सेयर मूल्य ४.१० प्रतिशतले घटेको छ । 

    आजको कारोबार रकममा पनि सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको हिस्सा रहेको छ । यो कम्पनीको २९ करोड ६७ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार