images
images

कृषिमन्त्रीले सुनाए किसानको दुःख : वर्षभरी माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन

कृषिमन्त्रीले सुनाए किसानको दुःख : वर्षभरी माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • कृषिमन्त्रीले सुनाए किसानको दुःख : वर्षभरी माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन
    images
    images

    काठमाडौँ / कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ । सोमबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्वहरूसँग छलफल गरेको हो ।

    उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए  । उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए । 

    उनले  भने, “कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ ।  जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ । वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन ।  त्यसैले यस विषयमा सोचौँ । मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ । त्यसका विषयमा पनि सोचौं । र तेस्रो कुरा व्यवसायिक किसानहरूको  फेरीफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं । नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि ।”

    साथै उनले आयातको  भरले  बाँच्न नसकिने बताए । उनले  सिंगो  नेपाली बाँच्नको लागि आयातले मात्रै नहुने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार