images
images

शुक्रबारको राशिफल : आज तपाईँको दिन कति लाभदायी छ ?

शुक्रबारको राशिफल : आज तपाईँको दिन कति लाभदायी छ ?

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • शुक्रबारको राशिफल : आज तपाईँको दिन कति लाभदायी छ ?
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र १५ गते,  शुक्रबार तदनुसार ईश्वी सन् २०२५ मार्च २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । चतुर्दशी तिथि, बेलुकी ७ बजेर १३ मिनेट उप्रान्त औशी । पूर्वाभाद्रपदा नक्षत्र, आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कुम्भ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन हुनेछ। सवारी साधन प्राप्तिका लागि गतिलो योग रहेकोछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। कार्यक्षेत्रमा आँटेको काम सम्पादन गर्न सकिनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। यात्राको सम्भावना छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समयमा कार्य सम्पादन नहुनाले नोक्सानी खेप्नु पर्ला। व्यापार व्यवसायमा अभिभावकको सहयोगले मनग्य लाभ मिल्नेछ। नयाँ काम गरी मनग्य लाभ लिन सकिनेछ । रोजगारीको अवसर छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। साँझतिर व्यापारमा फाइदा हुनेछ। उपलब्धिमूलक रमाइलो यात्राको योग रहेकोछ । जसले खर्च बढाउनेछ । प्रतिष्ठित काम बन्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । आर्थिक  रूपमा सबल भइनेछ । प्रशासनिक क्षेत्रमा तपाईंको बर्चश्व रहनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग छ । नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सानो प्रयासले कीर्तिमानी काम सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा बर्चस्व बढ्ने योग छ । हिम्मतले काम लिन सकिनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोगमा ध्यान दिनुहोला । आज आर्थिक पक्ष कमजोर रहनेछ । व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ। आम्दानी रोकिनाले योजना स्थगित हुनसक्छ । गोपनीयता बाहिरिने सम्भावना छ । यद्यपि, आज हिम्मतले चिताएको कार्यसम्पादन गर्न सकिनेछ। काम बिग्रने भयले पनि सताउनेछ। मेहनतले लक्ष्यमा पुग्न सकिनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोगमार्फत अरुलाई आकर्षित गर्न सकिनेछ । उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । साझेदारी व्यापारबाट लाभ प्राप्त होला। नोकरी वा पेशामा सहकर्मीहरूको साथ पाइनेछ। भविष्यको लागि नयाँ योजना बन्नेछ ।  उधारो व्यापार गर्नुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    लामो दुरीको उपलब्धिमूलक यात्राको सम्भावना छ । अनुभवीको सल्लाह लिएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। साँझतिर व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ। भाग्यले विभिन्न अवसरहरू दिलाउनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना छ । काममा अलमल हुनसक्छ । साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ । भौतिक साधनमा क्षति पुग्ने सम्भावना छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापार कमै हुनेछ । सवारी साधनको खरिद बिक्रीबाट मनग्य आम्दानी गर्न सकिनेछ। जग्गा जमिन तथा पशुधनबाट लाभ प्राप्त हुनेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। सवारी साधनको खरिद विक्रीबाट मनग्य आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी सामानको व्यापारमा कमि आउनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सानो काम गरी मनग्य लाभ लिन सकिनेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्।  भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ।   

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कारोबार विस्तार हुनेछ । आर्थिक पक्ष मजबुत रहनेछ। घरको सुख सुविधामा धन खर्च हुनेछ। व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । शिक्षा क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लाग्ने ग्रहयोग छ । मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। कामको सवालमा लामो दुरीको यात्राको योग छ। अनावश्यक वस्तु किनमेलमा खर्च बढ्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। नयाँ कार्यतर्फ आकर्षित भइनेछ। अवसर आए पनि परिस्थितिका कारण पछि परिनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधूप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोस् । आज गरिएको लगानी फस्ने योग छ, गर्नुहोला । कर्जामार्फत धन जुट्नेछ। नयाँ योजना प्रारम्भ गर्ने अवसर जुट्नेछ। आज गरिएको मेहनतले पछिलाई फाइदा हुनेछ । खर्च वृद्धि हुनेछ। नयाँ योजना प्रारम्भ गर्ने अवसर छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार