काठमाडौँ / सोमबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । अघिल्लो दिन २१.६३ अङ्कले घटेको बजार आज भने १०.१४ अङ्कले घट्दा २७०४.७० बिन्दुमा पुगेको हो ।
आइतबार २७१४.८५ बिन्दुमा झरेर बन्दै भएको नेप्से आज २७३२.५१ बिन्दुमा पुगेर फर्किएको हो । सोमबार ८७ कम्पनीको मूल्य बढ्दा १४४ कम्पनीको घट्यो । मूल्य स्थिर हुने कम्पनी भने आज १२ वटा छन् । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लाग्ने क्रम जारी छ ।
आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा सोमबार भने ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ९१ अर्ब रुपैयाँ कायम भएको छ । आज ३३१ धितोपत्रको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर ५७ हजार ५८५ पटकमा खरिद बिक्री भए ।
आइतबार बढेको व्यापारिक समूहको परिसूचक सर्वाधिक बढी ३.३८ प्रतिशतले घटेको छ भने आज वित्त ०.१२ प्रतिशत, लगानी र होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक ०.९२ प्रतिशत, बैंकिङ ०.२१ प्रतिशत, हाइड्रोपावर ०.२३ प्रतिशत, जीवन बिमा ०.५१ प्रतिशत, लघुवित्त ०.०१ प्रतिशत, निर्जीबन बिमा ०.०२ प्रतिशत र अन्य ०.५६ प्रतिशतले घटेको छ ।
सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.८६ प्रतिशतले बढेको देखिन्छ भने सामुदायिक लघुवित्त तथा वित्तीय संस्थाको ८.०३ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ५.३३ प्रतिशतले बढेको छ ।
सोमबार महालक्ष्मी विकास बैंकको सेयर मूल्य सर्वाधिक बढी ५.४१ प्रतिशतले घट्यो । यसैगरी घलेम्दी हाइड्यरो ४.५८ प्रतिशत र विशाल बजार कम्पनी ३.७३ प्रतिशतले घटेको छ ।
सोमबार पनि हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक बढी भयो । यो कम्पनीको आज ४३ करोड ९३ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ३० करोड ७४ लाख र तेस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।