images
images

ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’

ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’

शनिवार, चैत १६ २०८१
शनिवार, चैत १६ २०८१
  • ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’
    images
    images

    काठमाडौं/ राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् । 

    ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् । 
    उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । 

    दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिलाई धन्यवाद दिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’

    साथै उनले  दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार