नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्वपूर्ण सफलता हात पारेको छ।
‘CONNECTED. INSPIRED. UNITED’ भन्ने मुख्य थिमसहित आयोजना गरिएको यो सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका वितरक तथा साझेदारहरूलाई सम्मान गरिएको थियो।
नेपालमा दिगो मोबिलिटी प्रवर्द्धनमा नेतृत्व गर्दै आएको साइमेक्स इंकलाई यस अवसरमा विभिन्न प्रतिष्ठित अवार्डहरू प्रदान गरियो।
साइमेक्स इंकले ‘अल ब्रान्ड टप सेल्स अवार्ड’ (All Brand Top Sales Award), ‘एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड’ (Asia Pacific Outstanding Strategic Partner Award), ‘२०२४ एक्सिलेन्ट पार्टनर अवार्ड’ (2024 Excellent Partner Award) र ‘टप २० स्टोर अवार्ड’ (Top 20 Store Award) प्राप्त गर्न सफल भएको छ।
त्यस्तै, बिक्री क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत साइमेक्स इंकका लुज महर्जन, निराजन खनाल र सनम शेखलाई ‘टप सेल्स अवार्ड’ द्वारा सम्मानित गरिएको छ। नेपालमा बीवाईडीको सफलता कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेका डिलरहरूलाई पनि विभिन्न अवार्ड प्रदान गरिएको छ।
दाङका लागि बीवाईडीको आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले ‘२०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड’ (2024 Outstanding Marketing Dealer Award) प्राप्त गर्यो। चितवनका डिलर युरो अटो ग्रिन प्रा.लि. ले ‘२०२४ एक्सिलेन्ट पार्टनर अवार्ड’ (2024 Excellent Partner Award) तथा वीरगन्जका डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले ‘२०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड’ (2024 Best Sales Growth Dealer Award) जित्न सफल भए।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यी प्रतिष्ठित पुरस्कार नेपालमा कार्यरत हाम्रो टिम र डिलर पार्टनरहरूको कडा परिश्रम तथा समर्पणको प्रमाण हुन्। ईभी क्रान्तिमा नेपाललाई अगाडि बढाउन हामी प्रतिबद्ध छौँ। नवप्रवर्तन र दिगो मोबिलिटी समाधानमा हाम्रो योगदान जारी रहनेछ।’
साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले आफ्नो अनुभव बाँड्दै भने, ‘बीवाईडीले मेरो कडा परिश्रमलाई पहिचान गरेकोमा म गर्वान्वित छु। यो केवल गाडी बिक्री गर्ने कुरा होइन, यो भविष्यको दिगोपनको यात्रा हो। मेरो टिम, ग्राहक तथा सबै सहयोगीहरूप्रति म आभारी छु।’
साइमेक्स इंकले आफ्ना ग्राहक, साझेदार र सरोकारवालाहरूलाई निरन्तरको समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै, भविष्यमा अझ सफा र हरियाली नेपाल निर्माण गर्न प्रतिबद्ध रहने बताएको छ