images
images

वातावरण प्रदूषणबारे मन्त्रालयमा छलफल, सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव

वातावरण प्रदूषणबारे मन्त्रालयमा छलफल, सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • वातावरण प्रदूषणबारे मन्त्रालयमा छलफल, सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव
    images
    images
    images
    images

    काठमाडौँ / कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वातावरण प्रदूषणको हालको अवस्थाबारे विज्ञहरुसँग छलफल गरेका छन् । 
    बिहीबार शहरी विकास मन्त्रालयमा प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूबीच छलफल गरेका हुन् । 

    छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन्।

    छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । 

    यस्तै, सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन्  ।

    छलफलमा बोल्दै सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने बताए । जसका लागि सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गरिने उनले बताए ।

    छलफलमा बोल्दै मन्त्री सिंहले अहिले प्रदुषणले आँखा पोल्नेदेखि लिएर घाँटी खसखस हुने समस्या भइरहेको भन्दै तत्कालै सरकारले यसमा गर्नुपर्ने कामको सन्दर्भमा विज्ञहरुबाट सल्लाह लिएर मात्र काम गर्दा राम्रो हुने भएकाले छलफल गरेको बताए । 

    उनले भने, “अहिले प्रदूषणले जुन सीमा नाघिरहेको छ । आँखा पोल्नेदेखि लिएर घाँटी खसखस हुने समस्या भइरहेको छ । तत्कालै सरकारले यसमा गर्नुपर्ने काम के हो,अझ एकिन गर्न विज्ञहरुबाट सल्लाह लिएर मात्र काम गर्दा राम्रो हुन्छ भनेर यो छलफल गरेको हो ।” 
    उनले चाँडै नै अरु पनि निकायहरुसँग पनि परामर्श गरेर निर्णय गर्ने पनि जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com