आज वि.सं. २०८१ साल चैत्र २५ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल ७ तारिख, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष, दशमी तिथि, आनन्दादिमा-धाता योग, चन्द्रराशि-कर्कट ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा सोचविचार गरेर लिइएको निर्णयले सफलता दिलाउनेछ । वित्तीय क्षेत्र र घरजग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट सोचेजस्तो लाभ मिल्नेछ । यद्यपि, आज नयाँ काम सुरु गर्न केही समय पर्खनुहोस् । साझेदारीको व्यवसायमा समस्या आउन सक्छ । अवसरको सदुपयोग गर्न नसक्दा पछि परिनेछ । विशेष योजना गोप्य राख्नुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नोकरी र पेशामा सोचेजस्तै सफलता मिल्नेछ । उद्योग, व्यापार तथा सेयर बजारमा लगानी गरेर सोचेजस्तो आम्दानी गर्न सकिनेछ । छोटो तर उपलब्धिमूलक यात्रा हुने सम्भावना छ । दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ भने मेहनतले नाम, दाम र इनाम दिलाउन सक्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसाय फस्टाउने समय छ । लगानी बृद्धि गर्ने समय छ भने कार्यक्षेत्रमा मानसम्मान मिल्नेछ । प्रतिष्ठा बृद्धि हुने समय छ । लगनशीलताले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बौद्धिकताको प्रयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पादन हुनेछ भने रोकिएको काम बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारमा गरिएको निर्णयबाट घाटा हुनसक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ भने चिताएको कार्यमा सफलता मिल्नेछ। कीर्तिमानी काम बन्ने समय छ । आकर्षक उपहार प्राप्त हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । आँटेको काम बन्नेछ । आफ्नो क्षमताले प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सकिनेछ । पहिलेको सफलताले हौसला मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग, व्यवसाय र आर्थिक कारोबारमा परिस्थितिवंश अवरोध आउन सक्छ । लामो दुरीको यात्राको सम्भावना भए पनि यात्रामा मालसामान हराउन सक्छ, सजगता अपनाउनुहोला । व्यापार व्यवसायमा आम्दानी न्यून हुनेछ जसले गर्दा आर्थिक सङ्कट झेल्नुपर्ला । घरखर्च बढ्ने योग छ । विदेशमा रहेर काम गर्ने र वैदेशिक सामानको व्यापार गर्नेका लागि भने आजको दिन राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेयर बजारबाट लाभ लिन सकिनेछ भने राम्रोसँग सोचविचार गरेर लिइएको निर्णयबाट व्यापार व्यवसायमा पनि फाइदा मिल्नेछ । आस मारेको काम बन्नेछ भने भौतिक सम्पत्ति जुट्दा समयमै काम सम्पादन हुनेछ । आयआर्जको स्रोत बढ्नेछ । पुर्ख्यौली सम्पत्ति हात पर्ने सम्भावना छ । सञ्चित धन उपयोग गर्दा लाभ मिल्नेछ । दिगो फाइदा हुने काम सुरु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतिका बावजुद आज प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम कमाउन सकिनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नेछ । पुराना समस्या हल हुनेछन् भने आम्दानीको स्रोत बृद्धि हुनेछ । सेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीबाट सोचेजस्तो लाभ लिन सकिनेछ । मेहनतले सहजै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले नोकरीमा बढुवा हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको योग छ । हिम्मतले काम गर्दा नसोचेको उपलब्धि प्राप्त हुनेछ । अनुसन्धानमूलक कामबाट लाभ मिल्नेछ भने भाग्यले विभिन्न अवसर दिलाउनेछ । आफन्तको सहयोगले नाम, दाम र प्रतिष्ठा प्राप्त गर्ने समय छ । समयले साथ दिने हुँदाले तपाईँले गरेका कामले मानसम्मान बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले लामो समयदेखि रोकिएको काम बन्नेछ । विशेष योजना गोप्य राख्नुहोला । व्यापार व्यवसायमा आम्दानी बढाउनु पर्ला र भौतिक सम्पत्ति र सवारी साधनको प्रयोग गर्दा सजगता अपनाउनुहोला । सामान्य काममा लामो समय लाग्नेछ भने खर्च पनि बढ्नेछ । अवसरवादीहरूले तपाईँको कमजोरीको फाइदा उठाउन सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक पक्ष सामान्य रहेको छ । आज नयाँ काम सुरु गर्ने समय छ । उद्योग तथा व्यापार व्यवसायबाट फाइदा मिल्ने योग छ । विभिनन उपहार प्राप्त हुनेछ भने आयआर्जन पनि राम्रै हुनेछ । आम्दानी बढ्ने भए पनि सौख र यात्राले खर्च बढाउनेछ । नियमित काम सम्पादन गर्न गर्न सकिनेछ भने दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटेको काम समयमै सम्पादन हुनेछ । उद्योग, व्यापार व्यवसायमा गरिएको लगानीबाट मनग्य फाइदा लिने छ । प्रतिस्पर्धामा विजयी भइनेछ । लगनशीलताले मनग्य आम्दानी गर्न सकिसनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । भविष्यका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । हिम्मतले चुनौतिपूर्ण काम सम्पादन हुने हुँदा प्रशंसा गर्नेहरू बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनतले कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । वित्तीय क्षेत्रमा गरेको लगानीबाट सोचेजस्तो आम्दानी हुनेछ । यात्रा प्रारम्भ गर्ने समय छ । खर्च बढ्नेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने समय छ भने दोहोर्याएर गरेको काममा सफलता मिल्नेछ ।