images
images

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री ओली

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री ओली

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री ओली
    images
    images
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिग रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवम स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

    सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

    उनले भने, “देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरुको रक्षा गरेर अगाडि बढ्छौँ ।” 

    साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए । उनले प्रकृतिका हिसावले अगाडि भएपनि विकास निर्माणका पक्षहरुमा नेपाल पछाडि नै रहेको बताए ।

    उनले भने, “प्रकृतिको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने  आफ्नै  खालको मेकानिजम छ । प्रदूषण भयो भने सफा गर्दै लगिन्छ । जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउन भन्ने कुरा सोच्न जरुरी छ । प्रकृतिमा धनी छौं, त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण छ । हामी विकासमा अलि पछाडि छाँ । आज आएर पछाडि परेको होइन, इतिहासदेखि नै पछाडि पारियो ।” 

    यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए । उनले ३०÷३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए ।

    उनले भने, “हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो । जसले शिक्षालाई बन्देजको  विषय बनाइदियो । महिलाहरूलाई चुलोचौकोमा मात्र बस्नुपर्ने, बर्को ओडेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण  स्रोतहरूलाई कब्जा गरियो । जनताका बारेमा कुनै शासकले सोचेनन् । जसका कारण नेपाल गरिब भयो ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com