images
images

काठमाडौँको तीनकुने क्षेत्रबाट आपराधिक गतिविधिमा संलग्न ६ जना पक्राउ

काठमाडौँको तीनकुने क्षेत्रबाट आपराधिक गतिविधिमा संलग्न ६ जना पक्राउ

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • काठमाडौँको तीनकुने क्षेत्रबाट आपराधिक गतिविधिमा संलग्न ६ जना पक्राउ
    images
    images
    images
    images

    काठमाडौँ / काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्व अनुमति लिई भइरहेको प्रदर्शनको आडमा तोडफोड तथा आपराधिक क्रियाकलापमा संलग्न रहेका ६ जना पक्राउ परेका छन्।

    चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै सरकार र संवैधानिक निकायहरू विरुद्ध नाराबाजी एवं ढुंगामुढा फलाम, रड, प्रहरीको ज्यान लिने मनसायले आक्रमण गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। 

    सो क्रममा भीड नियन्त्रणका लागि सावधानी अपनाउँदै विशेष रणनीति अनुसार प्रहरी परिचालन गरिएको प्रहरीको दावी छ । उक्त घटनामा संलग्न रहेका ६ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

    पक्राउ परेकाहरूमाथि सार्वजनिक सम्पत्तिमा तोडफोड, अशान्ति सिर्जना, तथा आपराधिक गतिविधिमा संलग्नता सम्बन्धी मुद्दा दर्ता गरिएको छ। अदालतबाट तीन दिनको म्याद थप स्वीकृति लिई अनुसन्धान अगाडि बढाइएको जानकारी गराइएको छ।

    पक्राउ पपर्नेमा जिल्ला सप्तरी कोबिलासनी गाउँपालिका–६, हाल टिकाथली, ललितपुरका २२ बर्षका अमित शाह, जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–३१ का १९ बर्षका सुमन कार्की र जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका–२ का जोहिगाउका ३४ बर्षका हेमराज थारु छन् । 
    त्यस्तै, धादि«ङ सिद्धलेख गाउँपालिका–का २७ बर्षका दिवस बोगटी क्षेत्र, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका १५ बस्ने ३० बर्षकी अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रविसो नगरपालिका ९ घर भएका ३० बर्षका कुमार तामाङ छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com