images
images

मङ्गलबारको राशिफल : तपाईँको दिन कति फलदायी हुनेछ आज ? हेर्नुस्

मङ्गलबारको राशिफल : तपाईँको दिन कति फलदायी हुनेछ आज ? हेर्नुस्

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • मङ्गलबारको राशिफल : तपाईँको दिन कति फलदायी हुनेछ आज ? हेर्नुस्
    images
    images
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र २६ गते,  मंगलबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल ८ तारिख, नेपाल संवत् ११४५ , कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष, एकादशी तिथी,  आनन्दादिमा-आनन्द योग, चन्द्रराशि-कर्कट।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ । सेयर बजार र वित्तीय क्षेत्रमा गरिने लगानीले फाइदा दिलाउनेछ । दोहोर्याएर गर्दा रोकिएको काम सहजै बननेछ । दिगो फाइदा हुने काम सुरु हुनेछ । विशेष उपहार प्राप्त हुने योग छ । मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अभिभावकको सहयोगले उपलब्धिमूलक काम सम्पादन हुनेछ । भौतिक साधन, घरजग्गा आदि जोड्न सकिनेछ भने यसको व्यापारबाट पनि फाइदै हुनेछ । सेयर बजार र वित्तीय क्षेत्रबाट समेत लाभ लिन सकिनेछ । विशेष योजना गोप्य नै राख्नुहोला । भविष्यलाई फाइदा दिलाउने काम बन्ने योग छ । दिउँसोदेखि समय मध्यम छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    चिताएको काममा आफन्तको सहयोग पाइनेछ । आफन्तले सहयोगले रोकिएको काम बन्नेछ । ढिलागरी काम बन्ने भए पनि मेहनतले सफलता दिलाउनेछ । कीर्तिमानी काम गरी प्रतिष्ठा बृद्धि गर्न सकिनेछ । सहयोगीहरुका कारण व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । आयआर्जनको स्रोत बढ्नेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिगो फाइदा हुने व्यवसायमा लगानी हुने सम्भावना छ । आज गरिएको खर्चबाट राम्रो आम्दानी लिन सकिनेछ । व्यापार व्यवसायको क्षेत्रमा लिइएको निर्णयले भविष्यमा लाभ हुनेछ । नयाँ रोजगारीको सम्भावना छ । जिम्मेवारी बढ्नेछ भने चिताएको काम सम्पादन हुनेछ । बौद्धिकताको प्रयोग गरी आयआर्जनको क्षेत्र बृद्धि गर्न सकिनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कार्यक्षेत्रमा धैर्यपूर्वक निर्णय लिने समय छ । भौतिक सुख सुविधाका लागि धन खर्च हुनेछ। मेहनतको दममा नाम र दाम दुवै कमाउन सकिनेछ । आँटेको काम बन्नेछ भने मानसम्मान बृद्धि हुनेछ । विदेशमा हुनेहरूका लागि पनि आजको दिन शुभ छ । यात्राको योग रहेको छ । पेसा व्यवसायबाट राम्रो फाइदा लिन सकिनेछ । समय तपाईँ अनुकूल रहेको छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बौद्धिक क्षमताको प्रयोगले रोकिएको काम सम्पादन गर्न सकिनेछ । लामो दुरीको यात्राको स्म्भावना छ भने वैदेशिक क्षेत्रसँग सम्बिन्धत रोजगारीको अवसर छ । विदेशमा रहेर पेसा व्यवसाय गर्नेहरुको लागि पनि आजको दिन फलदायी छ । खर्च बढे पनि आज उपलब्धिमूलक काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । रोकिएको काम बन्नेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । सञ्चित धनले लगानी बृद्धि गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा लिन सकिनेछ । अभिभावकबाट सहयोग मिल्दा मनग्य फाइदा हुने काम सुरु गर्न सकिनेछ । पुख्र्यौली सम्पत्ति र स्रोत साधनको प्रयोगले आयआर्जन बढाउन सकिनेछ । आम्दानीको स्रोत बढ्नेछ । कीर्तिमानी काम सम्पादन हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आँटेको काम सम्पदान गर्न चुनौतिको सामना गर्नुपर्ला । धैर्य र लगनशीलता फाइदा दिलाउनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्रोत साधन जुट्नेछ । सेयर बजार र व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । उत्पादनमूलक क्षेत्रबाट फाइदा हुनेछ । छोटोसमयमा नाम र दाम कमाउन सकिनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    श्रमको उचित प्रतिफल नमिल्न सक्छ । गोपनीयता बाहिरिन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोस् । एउटै काम दोहोर्याएर गर्नुपर्ला । दिउँसोदेखि भने समय तपाई अनुकूल रहेको छ । दिगो फाइदा हुने काम बन्नेछ । व्यापार व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक काम सम्पादन हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यक्षेत्रमा तारिफयोग्य काम सम्पादन हुनेछ । कला र मनोरञ्जनसँग सम्बन्धित पेसा व्यवसायबाट लाभ लिन सकिनेछ । नसोचेतको धन सम्पत्ति हात पर्नेछ । व्यापार व्यवसायमा लगानी बृद्धि गर्ने समय छ । यात्रा गर्दा भने सचेत हुनुहोला । दिउँसोदेखि समय मध्यम छ । सामान्य काममा सोचेभन्दा बढी खर्च हुनसक्छ । अरुले आफ्नो कमजोरीको फाइदा उठाउन खोज्नेछन्, सचेत हुनुहोला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सञ्चित धन लगानी गरेर फाइदा लिन सकिनेछ भने नोकरी वा पेसा व्यवसायमा मनग्य फाइदा हुनेछ । एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । यात्राको अवसर मिल्नेछ । आजको आम्दानी सञ्चित गर्न सकिनेछ । मेहनतले आयआर्जनको स्रोत बृद्धि गर्न सकिनेछ । भौतिक साधन प्राप्त हुने योग छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रतिस्पर्धामा विजयी भइनेछ । आम्दानीको स्रोत बृद्धि हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । बौद्धिमत्ताले पुराना समस्या समाधान गर्न सकिनेछ । प्रयत्न गर्दा विशेष अवसर मिल्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । भविष्यका लागि विशेष कामको सुरुवात हुन सक्नेछ । मेहनतले लक्ष्य प्राप्त गर्न सकिनेछ । आज गरेका कामबाट मनग्य फाइदा लिन सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com