काठमाडौँ / गल्फ लुब्रिकेन्टका उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न गरेको छ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका वितरकले नेपाल ल्युबले पोखरामा आयोजित एक समारोहबिच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः एक मात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ । सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको उत्साहजनक सहभागिता थियो ।
कम्पनीका अनुसार, ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै हुन्छ । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरोन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरू सञ्चालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्त्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ ।
सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले भने, “हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो ।
एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ । यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ । यो मित हाम्रो सेल्स टिमलाई अझै बलियो बनाउनको लागि सम्पन्न भएको हो ।”
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।