images
images

नेपाल पावर, कन्जुमर इलेक्ट्रोनिक्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

नेपाल पावर, कन्जुमर इलेक्ट्रोनिक्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • नेपाल पावर, कन्जुमर इलेक्ट्रोनिक्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

    काठमाडौँ / शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलाइनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । 

    images
    images

    मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इंडिया प्रा.लि. तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुने भएको हो । 

    भदौ १५ गते शुक्रबारदेखि सुरु हुने सो प्रदर्शनी भदौ १७ गते आइतबारसम्म चल्नेछ । स्वदेशमा बढ्दो जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने प्रदर्शनीको उद्देश्य रहेको आयोजकले जनाएको छ  । 

    सो प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूको स्टल रहनेछन् । आयोजकका अनुसार विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

    उक्त प्रदर्शनीमा विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चार्जिङ्ग स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।

    राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम् उपलब्धीहरूबारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जानकारी दिएको छ । 

    प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआइडी क्लिन एयर ÷एफएचआइ ३६० रहेका छन् । साथै ल्यान्यार्ड पार्टनरमा यासुडा तथा ई कमर्स पार्टनरमा दराज रहेको छ । तीन दिने यस प्रर्दशनीको भाद्र १५ गते बिहान ११ः०० बजे माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार