काठमाडौँ / नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तिय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैङ्कले एडिबीसँग एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम (एडिबी टिएससिएफ)अन्तर्गत सम्झौता गरेको हो ।
कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने नेपाल बैङ्कले जनाएको छ ।
२०२२ मा एडिबी टिएससिएफले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए ।
नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ब्म्द्य त्क्ऋँए सँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैङ्क भएको छ र यो सम्झौताले २०० भन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ ।
नेपाल बैङ्कको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एडिबीसँग यो सम्झौता हुन सम्भव भएको बैङ्कका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले बताए ।
सम्झौतामा पिएडिबी टिएससिएफका प्रमुख स्टिभन बेक, नेपाल बैङ्कका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भने, “हामी एसियाली विकास बैंकसँग व्यापार वित्तिय सम्झौता गर्न पाउँदा खुसी छौँ र हामीले साना तथा मध्यम प्रकृतिका व्यवसायीबीच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकहरूको व्यापारीक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौँ ।
उक्त समारोहमा एडिबी नेपाल रेसिडेन्ट मिशनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।