images
images

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन, एकपटकमा १ लाखसम्म डिपोजिट गर्न सकिने

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन, एकपटकमा १ लाखसम्म डिपोजिट गर्न सकिने

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन, एकपटकमा १ लाखसम्म डिपोजिट गर्न सकिने

    काठमाडौँ / ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो । 

    images
    images

    आज सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका आइएमी गु्रपका अध्यक्षसमेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सो बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयबाट क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।

    ग्राहकको समस्यालाई बुझेर चेक जम्मा गर्ने मेसिनको व्यवस्था गरेको बताएका गरिएको उनले बताए । यो सुविधा भएपछि बचत र लाईन बस्नु पर्ने झन्झटबाट मुक्त गर्ने उनको विश्वास छ । 

    उनले भने, ‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिने उदेश्यले चेक जम्मा गर्ने मेसिन मार्फत सुरुवात गरेको छ । यसले आम ग्राहकलाई सेवा दिने र बैंकको काउन्टरमा भिड लाग्नबाट र समय बचाउन मदत गर्छ । ’

    उनले यसले ग्राहकहरुलाई सेवा दिने र हरेक हिसावले अब्बल हुनको लागि यस्ता सेवाहरु लयाएको बताएका छन् । 

    बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् । 

    करिब २ मिनेटमा ग्राहकले जम्मा गरेको ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै मसिनबाटै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौँको न्यूरोड र कमलादी तथा काठमाडौँ बाहिर इटहरी, नारायणघाट र बुटवल तथा चेक डिपोजिटर  कमलादी, न्यूरोड र कुलेश्वर तथ काठमाडौं बाहिर विरगजं र पोखरामा राखिएको जनाएको छ । 

    एकपटकमा एक लाख रुपैयाँसम्म डिपोजिट गर्न सकिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार