images
images

ग्लोबल आइएमई बैङ्कद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

ग्लोबल आइएमई बैङ्कद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • ग्लोबल आइएमई बैङ्कद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन


    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैङ्कमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैङ्कमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ । 

    images
    images

    बैङ्कले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैङ्कले काठमाडौँ उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ भने काठमाडौँ उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । 

    बैङ्कको कमलादी शाखामा आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैङ्क सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए । 

    उनले ग्लोबल आइएमई बैङ्कले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेशिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताए । 
    “यो मेशिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो । यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रकृया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ । समयको बचत हुनेछ । २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,” उनले भने । 

    यसका साथै ग्लोबल आइएमई बैङ्क आफ्ना ग्राहकहरूवर्गलाई सदैब नबितम प्रविधि प्रदान गर्न तत्पर रहेको जानकारी गराए । ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । 

    बैङ्कले ३४८ शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखारहित बैङकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार