images
images

भोकले दिमागलाई कसरी असर गर्छ ?

भोकले दिमागलाई कसरी असर गर्छ ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • भोकले दिमागलाई कसरी असर गर्छ ?

    एजेन्सी / मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही अध्ययन भएका छन् ।

    images
    images

    राम्रो स्वास्थ्यका लागि खाना एकदम महत्वपूर्ण हुन्छ । आजकल सेलिब्रेटीहरू पनि आफ्नै डाइट प्लान लिएर आउँछन् । त्यसो भए के खानाले मुड, सोच्ने तरिकामा परिवर्तन गर्न सक्छ त ? तौल घटाउन खोजिरहेका दुई हजार मानिसमा गरिएको अनुसन्धानमा थोरै तौल घटाउनेमध्ये ८० प्रतिशत मानिसमा डिप्रेसनको लक्षण देखा परेको थियो ।

    Morocc (14).JPG

    भोकले कसरी मस्तिष्कलाई असर गर्छ ?

    भोकले हाम्रो मस्तिष्कलाई प्रत्यक्ष रुपमा असर गर्छ । किनकि प्रायः रिस उठेको बेलामा हामीलाई भोक पनि लागिरहेको हुन्छ । किनकि मस्तिष्कले राम्रोसँग काम गर्न पर्याप्त पोषक तत्व र क्यालोरी आवश्यक पर्छ । भोक लागेको बेला मस्तिष्कमा यी तत्वहरु कमी वा यी तत्व बिना काम गर्नुपर्दा दिमागमा लोड परेर रिस उठ्छ । 

    यो कुनै आश्चर्यको कुरा होइन कि पर्याप्त पोषक तत्वहरू र क्यालोरीहरू बिना हाम्रो मस्तिष्कले राम्रोसँग विकास गर्न र काम गर्न संघर्ष गर्दछ।अङ्ग्रेजीमा यसलाई ‘ह्यान्ग्री’ पनि भनिन्छ ।

    Morocc (14).JPG

    तर के दैनिक जीवनमा केही समयको लागि भोकले हाम्रो सोच्ने तरिका, हाम्रो मुडलाई असर गर्छ ? 

    उक्त प्रश्नको उत्तरमा कर्पोरेट जागिर खोज्ने र मार्केटिङ व्यवसायी रविकान्त भन्छन्, ‘मलाई धेरै भोक लाग्यो भने धेरै रिस उठ्छ, चिडचिडापन महसुस हुन्छ । त्यसैले म कहिल्यै उपवास वा व्रत बस्न सक्दिनँ । किनभने मलाई धेरै भोक लाग्छ र भोक लागेपछि मेरो मुड खराब हुन्छ ।’ 

    उनले भने, “यदि मैले एक पटकको खाना खान बिर्सें भने मलाई वरिपरि भएका सबै जनासँग रिस उठ्छ । जब मेरो पेट खाली हुन्छ, मलाई रिस उठ्छ । जब मलाई भोक लाग्छ उक्त समयमा मलाई धेरै नै रिस उठ्ने गर्छ, यो कुरा मैले कक्षा १२ मा पढ्दा महसुस गरेको थिए ।” 

    Morocc (14).JPG

    भावनाहरूमा खानाको प्रभाव

    हाम्रो सोच हाम्रो भावनामाथि हाबी हुन्छ । विषेश गरि त्यो समयमा जब हामीले हाम्रो भावना बुझ्दैनौं वा बुझेर पनि स्वीकार गर्न सक्दैनौ । त्यसैले आफ्नो भावनालाई नियन्त्रण गर्न मनमा किन र के कारणले भावना आएको भन्ने थाहा पाउन सक्नुपर्छ ।

    उक्त विषयलाई प्रष्ट पादै मनोवैज्ञानिक तथा वरिष्ठ परामर्शदाता निशा खन्ना भन्छिन्, ‘मानिसका तीनवटा आधारभूत आवश्यकताहरू छन्, भोक, तिर्खा, निद्रा र शारीरिक आवश्यकताहरू । यी तीनमध्ये कुनै एक पूरा भएन भने पनि यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । त्यसैले भोकले प्रत्यक्ष रुपमा दिमागमा असर गर्छ ।’

    ‘हामी कति घण्टा भोकै बस्छौं भन्ने कुराको प्रत्यक्ष असर हाम्रो दिमागमा पर्छ ।’ अनुसन्धानको अनुसार मावन शरिरको लागि बिहानको खाजा धेरै महत्त्वपूर्ण छ किनभने यसले हामीलाई बिहानको आवश्यकता अनुसार ऊर्जा प्रदान गर्ने गर्छ भने यसले हाम्रो निर्णय क्षमता, स्मरणशक्ति, ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

    Morocc (14).JPG

    खानाले हाम्रो मुडलाई कसरी असर गर्छ ?

    सन् २०२२ मा गरिएको एक अध्ययनको अनुसार  खराब मुडले हामीलाई अक्सर निराशावादी बनाउँछ, जसले हाम्रो सोचाइलाई अझ नकारात्मक बनाउन सक्छ । यस्तो बेला मुड खराब छ भनेर सचेत हुन सकेनौं भने गलत निर्णय दिने सम्भावना बढी हुन्छ ।

    Morocc (14).JPG

    बायोलॉजिकल केमेस्ट्री

    ३५ वर्षीया शिल्पा मुम्बईमा बस्ने गृहिणी हुन् । उनी प्रि–मधुमेहको रोगी हुन्, यसको मतलब उनलाई मधुमेह हुने जोखिम बढी छ, तर महिनावारीको समयमा दुखाइ कम गर्न र आफ्नो मुड कायम राख्न आइसक्रिम र डार्क चकलेट खान्छिन्।

    यस विषयमा शिल्पासँग प्रश्न गर्दा उनी भन्छिन्, “जब म आइसक्रिम वा डार्क चकलेट खान्छु, म एक्कासि एकदमै खुसी हुन्छु। सबै ठिकठाक चलिरहेको जस्तो हुन्छ। महिनावारीको सुरुका दिनहरूमा मलाई धेरै पीडा हुन्छ, तर यी दुई कुराले मलाई दुखाई भुल्न मद्दत गर्छ। म प्रि–मधुमेह रोगी छु भन्ने थाह भए पनि, म आइसक्रिम र चकलेट त्याग्न सक्दिन ।” 

    Morocc (14).JPG

    विगतको कुरा सम्झिंदै सुरुमा महिनावारीको दिनमा मलाई धेरै दुखाइ हुने बताइन् । पछिल्लो समय ती दुई खानेकुरा खाएपछि भने दुखाइ भुल्न मद्दत भएको उनी बताउँछिन् । ‘मलाई प्रि(डायबेटिज भएको कारण गुलियो चीज धेरै खानुहुँदैन थाहा छ, तर त्यो त्याग्न सक्दिन, बरु खाइसकेपछि म एकछिन व्यायाम वा वाकमा जान्छु,’ उनी भन्छिन्, ‘आइसक्रिम वा डार्क चकलेट खाएपछि भने दुखाइ भुल्न मद्दत भएको छ ।’ 

    यसै विषयमा प्रख्यात आहारविद् र वन हेल्थ कम्पनीकी संस्थापक, डा. शिखा शर्माले खाना र हाम्रो मुडबीचको गहिरो सम्बन्धबारे बताउँछिन्।

    ‘खाना एक जैविक रसायन हो । खानाले हाम्रो हार्मोनलाई ट्रिगर गर्ने काम गर्छ । त्यसैले प्राय मानिसले खुसीमा, रिसाउँदा, दुखी हुँदा वा नर्भस हुँदा केही न केही आफूलाई मनपर्ने खानेकुरा खान्छौं । त्यस्तै चिनी, चीज, रक्सी, च्याउ, दूधलगायतका विभिन्न खानेकुराले पनि हार्मोन उत्प्रेरित गर्छ,’ उनि भन्छिन् । 

    Morocc (14).JPG

    सन् २०२२ मा मनोवैज्ञानिक निएन्के जोन्कर र उनका सहकर्मीहरूले नेदरल्यान्ड्सको युनिभर्सिटी अफ ग्रोनिन्जेनमा १२९ महिलामा यसै अन्तर्गत अध्ययन गरेका थिए।

    तीमध्ये आधा महिलालाई १४ घण्टा उपवास बस्न भनिएको थियो । त्यसपछि ती महिलाहरुलाई उनीहरुको भोक, मुड र खानपानको बारेमा प्रश्न सोधिएको थियो । जसमा प्रायः खाना नखाएका महिलाहरुले बढी नकारात्मक प्रतिक्रिया वा जवाफ दिएको उल्लेख छ । 

    उनीहरूमा भोकका कारण तनाव, रिस, थकान र अन्योलमा पर्ने सम्भावना बढी रहेको पाइएको थियो । उपवास बसेका सबैमा उत्साहको पनि कमी उत्तिकै थियो । जोन्कर भन्छन्, ‘ यो कुनै सानो कुरा होइन, अरुबेला भोक लागेको बेलामा भन्दा त्यो बेला दोब्बर रिस महसुस गरेका थिए ।’

    Morocc (14).JPG

    जंकफुड र तनाव

    आहारविज्ञ अर्थात पोषणविद् डा. शिखा शर्माका अनुसार हाम्रो रिस र भोकको केन्द्र मस्तिष्कमा एकअर्काको नजिक हुन्छ । जब एक प्रभावित हुन्छ, अर्को स्वतः सक्रिय हुन्छ।

    यसैलाई पुष्टि गर्ने उनले एउटा बैंकमा काम महिलाको उदारहण दिएकी छन् । जसमा दिल्लीस्थित बैंकिङ प्रोफेसनल कार्यरत प्रियंका भन्छिन्, ‘जब म तनावमा हुन्छु, त्यसबेला मलाई मन पर्ने खाना खान्छु । जसले गर्दा मलाई आराम र तनावमुक्त भएको महसुस हुन्छ । यसलाई स्ट्र्स इटिङ अर्थात् तनाव भएको बेला खाने अभ्यास भनिन्छ । त्यसैले काम वा तनाव भएको भएको प्रायस् जंकफुड खाने गर्थे । जसकारण अहिले मेरो तौल निकै बढिरहेको छ । अहिले उल्टो मानसिक स्वास्थ्यमा असर परिरहेको छ ।

    Morocc (14).JPG

    अर्की मनोवैज्ञानिक अरुणा बुरटा दिमाग र शरीरको सम्बन्ध एकअर्कामा जोडिएको भएकाले यी दुईलाई सँगै राखे माध्यम खाना भएको बताउँछिन् । ‘धेरै समयसम्म खाना नखाँदा रगतमा चिनीको मात्रा कम हुन थाल्छ । यसकारण दिमागमा रचनात्मक सोचको प्रक्रिया समाप्त र धैर्यता हुन थाल्छ । जसले दिमागमा नकारात्मकता, रिस र नर्भस हुने सोच बढी हुन थाल्छ,’ उनी भन्छिन्, ‘यसबाहेक शरीरमा सोडियमको मात्रा बढी भएमा पनि उच्च रक्तचापको समस्या हुन्छ र सजिलै रिस उठ्न सक्छ भने शरीरमा चिनीको मात्रा कम हुनेलाई पनि छिट्टै रिसाउने हुन्छन् । त्यसैले शरीरमा सोडियमको मात्रा सन्तुलनमा राख्नु जरी छ ।’

    यसै सम्बन्धमा दिल्लीमा बस्ने रविकान्त भन्छन्, ‘मलाई भोक लाग्दा म कुनै पनि ठूला निर्णय गर्दिनँ, मेलको जवाफ पनि दिन्नँ । बैठकमा जानुअघि पनि म सकेसम्म खाना खाने प्रयास गर्छु । किनभने म भोक लाग्दा धेरै चिडचिडा हुन्छु । यतिबेला दिमागमा नकारात्मक सोच बढी हुन भएका कारण गलत निर्णय गर्ने सम्भावना बढी हुन्छ ।’

    यसैलाई विषयमा डा. शिखा शर्मा भन्छिन्, ‘भोक लागेमा सही निर्णय लिन नसक्ने, गरिरहेको काममा ध्यान दिन नसक्ने, काम छिट्टै पूरा गर्ने प्रयास गर्ने तर्खरमा गलत गर्ने सम्भावना बढी हुन्छ । त्यसैले यस्तो अवस्थामा जति सक्दो चाँडो केही खान स्वस्थ खानेकुरा खाइहाल्नुपर्छ ।’

    Morocc (14).JPG

    खाना र स्वास्थ्यमा लय कसरी कायम राख्ने ?

    शरीरलाई स्वस्थ राख्न पौष्टिक खानेकुरा चाहिन्छ । पोषणविद् डा. शर्माका अनुसार शरीरको सर्काडियन लय हुन्छ, यो शरीरमा २४ घण्टामा गर्ने कामको जैविक प्रक्रिया हो । त्यसैले आफ्नो शरीरको पहिचान गरेर सोही अनुसार खानेकुराको सेवन गर्ने, पहिलो र दोस्रो खानाबीच धेरै फरक नराख्ने, पानी पर्याप्त पानी पिउने, मौसम र उमेर अनुसार खाना खाने, व्यायामलाई नियमित गर्ने नियम बनाउन सकिन्छ ।

    Morocc (14).JPG

    इन्टरमिटेट फास्टिङ र मानसिक स्वास्थ्य

    डा. शिखा शर्माका अनुसार शरीरको सर्काडियन रिदम हुन्छ, जसअनुसार शरीरले काम गर्छ । सामान्यतया मानव शरीरले दिनमा खाना पचाउँछ र बाँकी समयमा आफूलाई मर्मत गर्छ । शरीरको सर्काडियन रिदम अर्थात् पाचन पक्रिया सूर्यको किरण अनुसार काम गर्छ । ‘त्यसैले आयुर्वेदमा प्रायः सूर्यास्तपछि खाना नखानु भन्ने गरिन्छ । उदाहरणको रूपमा मानौं कि यदि सूर्य बिहान साढे ५ बजे उदाउँछ भने शरीरको सर्काडियन लय बिहान ८ देखि साढे ८ बजेको बीचमा सुरु हुनेछ । दिउँसो १२ बजे यसको चरम सीमा आउनेछ र साँझ ६ बजेपछि घट्नेछ,’ उनी भन्छिन् ।

    Morocc (14).JPG

    हिजोआज मानिसहरु शरीर र खानाको पछाडिको विज्ञानलाई नबुझेर दिउँसो २ बजेसम्म खाना नखाई बस्ने गर्छन् । यसले गर्दा शरीरलाई नकारात्मक असर भइरहेको हुन्छ । धेरैबेरसम्म खाली पेट बस्दा पेटमा उत्पादन हुने एसिडले शरीरभित्र नकारत्मक असर गर्न थाल्छ । जसले गर्दा पेटमा ग्यासको समस्या, चिडचिडापन हुने, ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या हुने डा। शर्मा बताउँछिन् ।

    – यो लेख बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार