images
images

‘नाडा अटो सो’ सुरु, अर्थमन्त्रीले भने, - व्यवसायीहरूले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्छ

‘नाडा अटो सो’ सुरु, अर्थमन्त्रीले भने, - व्यवसायीहरूले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्छ

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • ‘नाडा अटो सो’ सुरु, अर्थमन्त्रीले भने, - व्यवसायीहरूले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्छ

    काठमाडौँ / नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १५औँ संस्करणको नाडा अटो सो-२०२३सुरु भएको छ । काडमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो सो भदौ ३१ गतेसम्म चल्नेछ । 

    images
    images

    तीन वर्षपछि आयोजना भएको नाडा अटो सोको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् । उद्घाटनका क्रममा उनले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको दाबी गरे । उनले सरकारले गरेका प्रयासहरुको प्रभावले आर्थिक गतिशीलतामा देखिएको समस्या समाधान हुँदै गएको पनि बताए ।

    उनले भने, “आर्थिक समस्याहरु क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरु चलायमान हुँदै गएका छन् ।  पर्यटन आगमन बढेको छ ।”

    लामो समयसम्म समस्याकै रूपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको उनले बताए । उनले थपे, समस्याकै रूपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ । पक्कै पनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”

    यसले अटोमोबाइल क्षेत्र समेत गतिशील हुने र गाडीको बिक्री बढाउने उनले बताए । पहिले सवारी साधनलाई विलासिताका साधन मान्ने गरिएको र सोही अनुसार ट्याक्स लगाइएको तर, अब त्यस्तो सोच्न आवश्यक नरहेको अर्थमन्त्री डा. महतले भने ।

    “पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको छ । अब मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक छ । यसका लागि व्यवसायीहरू अघि बढ्नुपर्छ,” उनले भने । 

    सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरूले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने उनले बताए । नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएपछि गत वर्ष ईभीको प्रदर्शनी मात्रै गरेको बताउँदै अटो क्षेत्रमैत्री नीतिहरूको खाँचो रहेको बताए ।

    अहिले अटो क्षेत्र आयातबाट देशभित्रै एसेम्बल गर्नेतर्फ अग्रसर रहेको भन्दै भन्दै यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे । दुई पांग्रे, चारपांग्रे सवारी देखि ब्याट्रीसम्म देशभित्रै उत्पादन भइरहेको अध्यक्ष थापाको भनाइ थियो ।

    थापाले सरकारले विद्युतीय गाडीमा कर बढाएर आफ्नै नीति विपरीत कार्य गरेको भन्दै सवारी साधनान किन्दा दिइने कर्जालाई पनि कसिलो गरिएकोमा असन्तुष्टि जनाए । ‘हायरपर्चेज कर्जा सहज बनाउनपर्छ,’ उनले भने ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मतलाई सरकारले नसु्नेको गुनासो गरे । सधैं माग राख्ने वर्गका रूपमा निजी क्षेत्रलाई हेरिएको आरोप लगाउँदै उनले सरकारकै निकायबीच समन्वय नहुँदा निजी क्षेत्र प्रताडित हुन परेको बताए ।

    ६ दिनसम्म चल्ने अटो शोमा १२० वटा स्टलहरू छन् । ४५ वटा सवार साधनका ब्राण्डहरू सहभागी नाडामा प्रदर्शनीमा मोटर पार्टस् र बैङ्किङसहित करिब १२० वटा स्टल र ब्लकहरू रहेको आयोजकले जनाएको छ ।

    प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैङ्क तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट-पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरू सहभागी भएका छन् । 

    भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म अर्थात ६ दिनसम्म चल्ने अटो सोमा २० अर्ब रुपैयाँ बढीको व्यापार हुने र ७५ हजार अवलोकनकर्ताहरू भित्रिन सक्ने आयोजकको अनुमान रहेको छ । 

    भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ । 

    दुई पाङ्ग्रे सवारीका लागि भृकुटीमण्डपमा नै व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि प्रदर्शनीमार्ग बाहिरको तीन वटा स्थानमा व्यवस्था गरिएको र निःशुल्क सटल बसको व्यवस्था गरिएको अटो शोका संयोजक अनुप बरालले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार