images
images

पारामाउन्ट मोटर्सले सार्वजनिक गर्यो एमजी–४ र कमेट इभिको मूल्य, कति तोकियो ?

पारामाउन्ट मोटर्सले सार्वजनिक गर्यो एमजी–४ र कमेट इभिको मूल्य, कति तोकियो ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • पारामाउन्ट मोटर्सले सार्वजनिक गर्यो एमजी–४ र कमेट इभिको मूल्य, कति तोकियो ?

    काठमाडौँ / एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाण्ट मोटर्सले नाडा अटो सोमा नयाँ दुई इभि मोडल एमजी–४ र कोमेटको मूल्य सार्वजनिक गरेको छ । पछिल्लो समय अटो बजारमा केही समयदेखि चर्चा कमाउँदै आएका यी इभि गाडीहरूको मूल्य आइतबार आज सार्वजनिक गरेको हो । 

    images
    images

    पारामाउन्टले कमेट इभिको शुरुवाती मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार तोकेको छ भने एमजी–४ को ४१ लाख ४९ हजार र ५८ लाख ९९ हजार राखेको छ । कमेट प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ भने एमजी–४ पनि कम्फर्ट र लक्जरी गरी दुई ओटा भेरिएन्टमा उपलब्ध हुनेछ । कम्पनीले नेपाली बजारमा भित्र्याएको कमेट भारतमा उत्पादन भएको हो भने एमजी–४ चीनबाट आयात गरिएको हो । 

    मिनी इभि कमेटमा एमजीले १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर जडान गरेको छ । यो इभिलाई एकपटकको सिंगल चार्जमा २३० किलोमिटर चलाउन सकिने दावी गरिएको छ । कमेटमा यात्रुको सुरक्षाका लागि आइपी–६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर व्याग, रियर पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट वेल्टहरू राखिएको छ ।

    सुविधा र सहजताका लागि यसमा एलसिडी स्क्रिन, रिमोट कन्ट्रोल लकिङ, म्यानुअल एसि र हिटर लगायत फिचर पाउन सकिन्छ । कम्पनीले यसको ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म अर्थात ८ वर्ष र हाई भोल्टेज कम्पोनेन्टमा १ किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टि प्रदान गर्ने बताएको छ ।
     
    एमजी–४ को कम्फर्ट भेरिएन्टमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर एवं लक्जरी भेरिएन्टमा ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट मोटर पाउन सकिन्छ । सिंगल चार्जमा यसले ४३५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । 

    बेलायतको ‘कार अफ दी इयर २०२३’ अवार्ड जित्न सफल एमजी–४ निकै राम्रो गर्न सक्ने मोडल मानिन्छ । यसको प्रमुख विशेषताका रुपमा इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभलाई लिने गरिएको छ । 

    सुरक्षाका लागि यसमा रियर आइसोफिक्स, रिभर्स क्यामेरा, फ्रन्ट साइड एयर व्याग, टायर प्रेसर मनिटरिङ सिस्टम र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइको छ । साथै यसमा मोबाइल फोन ब्लुटुथ की, ५ वटा ड्राइभिङ मोड र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत कम्फर्ट फिचर पाउन सकिन्छ । कम्पनीका अनुसार एमजी–४ को ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म अर्थात ८ वर्षको वारेन्टि र हाई भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टि पाउन सकिन्छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार