images
images

मुक्तिनाथ फाउन्डेसनको दोस्रो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

मुक्तिनाथ फाउन्डेसनको दोस्रो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • मुक्तिनाथ फाउन्डेसनको दोस्रो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


    काठमाडौँ / मुक्तिनाथ फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने सो फाण्डेशनले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

    images
    images

    वि.सं. २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा कार्य गर्नेछ । 

    यस अघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व बातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत बृक्षारोण कार्यक्रम गरिसकेको छ । दोस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ३८ पोका रगत सङ्कलन गरेको छ । 

    सो कार्यक्रमलाई त्रि.वि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त भएको संस्थाले जनाएको छ । संस्थाका सञ्चालक नारायण कुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार