images
images

जीवन दर्शनः पुत्रको प्रश्न - सफलताको सूत्र के हो ?

जीवन दर्शनः पुत्रको प्रश्न - सफलताको सूत्र के हो ?

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • जीवन दर्शनः पुत्रको प्रश्न - सफलताको सूत्र के हो ?

    एक बालकले एक दिन आफ्नो पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? छोरोको प्रश्नले पिता गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा चौरमा लगेछन्। चौरमा पुगेपछि पिताले चंगा उडाउन सुरु गरे । एकैछिनमा चंगा निकै माथि पुग्यो । 

    images
    images

    उडिरहेको चंगा चुपचाप हेरिरहेका छोराले पितासित भने– बाबा, यो धागोले गर्दा चंगा धेरै माथि जान सकेन । धागो चुँडालिदिऊँ न ,  सायद धागो चुँडालिदिएपछि यो धेरै माथि पुग्छ होला । 

    पिताले छोराको चाहना अनुसार नै चंगाको धागो चुँडालिदिए । धागो चुँडिएपछि चंगा केहीबेर हावामा मज्जाले लहरायो र भुइँमा खस्यो ।

    यो देखेर छोरा छक्क परे । पिताले उनलाई जीवन दर्शन सम्झाउँदै भने– 
    बाबु, जिन्दगीमा हामी पनि यो चंगाजसरी नै सफलताको उच्च श्रेणीमा पुग्न सक्छौँ । त्यहाँ पुगेपछि हामीलाई लाग्न थाल्छ कि कुनै न कुनै बन्धनले आफूलाई माथि जानबाट रोकिरहेको छ।

    जस्तो कि घर, परिवार, अनुशासन, माता, पिता, आफन्त, साथीसंगी आदि । थप सफलताको बिन्दुमा पुग्न हामी यी सबको बन्धन चुँडालेर स्वतन्त्र हुन खोज्छौँ । 

    वास्तवमा त्यो बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ । माथि पुग्न मद्धत गरिरहेको हुन्छ । 

    तर, जब हामीलाई लाग्न थाल्छ कि यो सब बन्धन चुँडालेर म अझै माथि पुग्न सक्छु, त्यतिखेर हाम्रो हविगत पनि यही चंगाको जस्तै हुनेछ । 

    त्यसैले, तिमी जीवनमा जतिसुकै सफल भए पनि यो धागोसितको नाता कहिल्यै चुँडिन नदिनू ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार