images
images

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता, डिष्ट्रिब्युटर्सलाई च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता, डिष्ट्रिब्युटर्सलाई च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्ने

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता, डिष्ट्रिब्युटर्सलाई च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्ने
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

    सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

    बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

    उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो । 

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार