images
images

एसियाली खेलकुदको भब्य समारोहमा नेपाल कति खेलहरुमा सहभागी हुनेछन् ?

एसियाली खेलकुदको भब्य समारोहमा नेपाल कति खेलहरुमा सहभागी हुनेछन् ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • एसियाली खेलकुदको भब्य समारोहमा नेपाल कति खेलहरुमा सहभागी हुनेछन् ?
    एसियाली खेलकुदको १९ औं संस्करणको शनिबार एक भब्य समारोहबीच उद्घाटन भएको छ । चीनको हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनका राष्ट्रपति सि चिन फिङले हाङझाव एसियाडको औपचारिक उद्घाटन गरिएको थियो ।
     
    उद्घाटन समारोहमा भएको सहभागी ४५ राष्ट्र टोलीको मार्च पास्टमा नेपालको तर्फबाट तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्ती मगरले राष्ट्रिय झण्डा बोकेका थिए । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । 
     
    khel.JPG
     
    मार्च पास्टमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो । म्यानमारपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङसहितको नेपाली टोली रंगशाला प्रवेश गरेको थियो ।
     
    नेपालबाट २ सय ५३ खेलाडी विभिन्न २९ खेलमा सहभागी छन् । शनिबार उद्घाटन भएपनि प्रतियोगिताका खेलहरु केहि दिन अगाडि नै सुरु भएको थियो । नेपाली पुरुष भलिबल टोली समूह चरणको खेलमा बहराइन् र इरानसंग पराजित हुँदै बाहिरिएको छ ।
     
    नेपालले आइतबार उसु, जुडो, पौडी, इ स्पोर्ट्स, लनटेनिस, महिला ह्यान्डबल, पुरुष रग्बी, बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र सुटिङमा प्रतिस्पर्धा गर्ने छ ।

     

    images
    images
    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार