images
images

मेरो धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताउनुभएको छ : प्रधानमन्त्री प्रचण्ड

मेरो धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताउनुभएको छ : प्रधानमन्त्री प्रचण्ड

शनिवार, असोज १३ २०८०
शनिवार, असोज १३ २०८०
  • images
    images
    मेरो धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताउनुभएको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । शनिबार बिहान काठमाडौँ आइपुगेका प्रधानमन्त्री प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको  सम्बन्ध केन्द्रित रहनुपर्नेबारे आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सि जिनपिङले पूर्ण समर्थन रहने जनाएको बताएका छन्।  

    images
    images

    आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भ्रमणका बारे जानकारी दिँदै समग्र रूपमा भ्रमण सफल भएको ठानेको बताए । “समग्रमा मेरो दुवै देशको भ्रमण सफल भएको ठानेको छु । चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूको संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टी भएको छ,” – उनले भने । 

    विगतमा दुई देशका बीचमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त भएको जानकारी गराएका छन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरे पछिको यो नै उच्चस्तरीय भ्रमण रहेको बताउँदै प्रचण्डले कोभिड १९ का कारण  धेरै लामो समयदेखि कूटनीतिक भ्रमण रोकिएकोमा आफ्नो चीन भ्रमणबाट दुई देशका बिचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताए । 

    भ्रमणको दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत रूपमा भएको छलफलबाट नेपाल चीन सम्बन्धमा थप उचाइमा पुगेको बताउँदै प्रचण्डले विगतमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतापनि व्यक्त गरिएको उल्लेख गरे । 

    १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन अमेरिकाको न्यूर्योकबाट चीनको हान्जाऔं पुगेका थिए उनले उद्घाटन समारोह पूर्व चिनियाँ राष्ट्रपतिसँग अत्यन्त सौहार्दरूपमा वार्ता भएको बताए । सो वार्तामा दुवै देशमा भएका सम्भावना र अवसरहरूको सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा सघन छलफल भएको बताए । 

    चीन भ्रमणले राजनीतिक तहमा विश्वासको वातावरण बनेको उनको भनाई छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तार चीनको भ्रमण महत्त्वपूर्ण भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणले नेपाली जनताप्रति चीन सरकारको सद्भाव अभिवृद्धि भएको बताए ।

    “राजनीतिक तहका विश्वासको वातावरण बनेको छ। पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीब्रता दिने मार्ग प्रसस्त गरेको छ । अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भाव अभिवृद्धि भएको छ,”– उनले भने ।

    सन् २०२६ मा नेपाल कम विकसित देशहरूको सूचीबाट विकासशील राष्ट्रको रूपमा स्तारोन्नती हुने सन्दर्भमा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्वितिय सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित रहनुपर्ने बारेमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताएको उल्लेख गरे ।  

    पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र त्यसमा उड्डयन निकायहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको बताए ।

    यस्तो छ वक्तव्यको पूर्णपाठ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार