images
images

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    काठमाडौं / उन्नाइसौं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेश गरेसँगै १९औं एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ।

    images
    images
    images
    images

    चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा इरानले बंगलादेशलाई ५४-१६ अंकले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।

    सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

    महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। “पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौं”, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट भने, “महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौं।”

    सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो।

    नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७-२४ अंकले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार इरानसित १९(४३ अंकले पराजित भएको थियो।

    नेपाल र इरानसित पराजित भएको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो। यस्तै, महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन्। नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार