images
images

एसियाली खेलकुद : कराते खेलाडी गुरुङ फाइनलमा, नेपाललाई कम्तिमा रजत पक्का

एसियाली खेलकुद : कराते खेलाडी गुरुङ फाइनलमा, नेपाललाई कम्तिमा रजत पक्का

शनिवार, असोज २० २०८०
शनिवार, असोज २० २०८०
  • एसियाली खेलकुद : कराते खेलाडी गुरुङ फाइनलमा, नेपाललाई कम्तिमा रजत पक्का

    हाङझाउ / चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ । 

    images
    images
    images
    images

    कराते खेलाडी गुरुङले केहीबेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी हुन् ।

    यसअघि आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् । फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन् । 

    योसँगै नेपालको जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक पक्का भएको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार