images
images

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो तर सस्तियो चाँदी

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो तर सस्तियो चाँदी

मंगलवार, असोज २३ २०८०
मंगलवार, असोज २३ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो तर सस्तियो चाँदी

    काठमाडौँ / मङ्गलबार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि सुनको भाउ प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ रहेकोमा बढेर १ लाख ८ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदी भने प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि भने चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार