चर्चित समाचार
  • सन्दीप लामिछानेबिरुद्धको जिल्ला अदालतको फैसला उच्चले के आधारमा उल्ट्यायो ?

    सन्दीप लामिछानेबिरुद्धको जिल्ला अदालतको फैसला उच्चले के आधारमा उल्ट्यायो ?

    बुधवार, जेठ २ २०८१
    बुधवार, जेठ २ २०८१
  • सन्दीप लामिछानेबिरुद्धको जिल्ला अदालतको फैसला उच्चले के आधारमा उल्ट्यायो ?

    काठमाडौँ / उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै न्यायाधीशहरु संक्षिप्त फैसलामा जुटेका छन् । 

    काठमाडौँ क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । गौशाला २६ दाबी नपुगेको कारण फैसला उल्टिएको उच्च अदालत पाटनले जनाएको छ । 

    गौशाला २६ नाबालिग भन्ने दावी प्रमाणित नभएको र जबरजस्ती करण गरेको सबुत प्रमाणले पुष्टि नगरेको आधारमा उच्चले उनी बिरुद्ध जिल्ला अदालतले गरेको फैसला उल्टाएको बताइएको छ । 

    फैसलाअघि न्यायधिशहरूले गौशाला–२६ माथि जबरजस्ती करणी भएको भनिएको होटलको सीसीटीभी फुटेजसमेत हेरेका थिए । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

    बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी थिइन् ।

    पीडितको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले उनीमाथि बलात्कार गरेको दाबी अभियोग पत्रमा उल्लेख  गरिएको छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो।  

    पीडित  किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।

    आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौँबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्किएको किशोरीको भनाइ थियो ।

    काठमाडौँ आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्रावास) बन्द हुने भन्दै एक होटेलमा कोठा बुक गरेर उनीहरू बसेका थिए। सोही होटेलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी थिइन् ।

    उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिससमेत जारी गरेका थिए । असोज २० मा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर, उच्च अदालत, पाटनले २९ पुषमा २० लाख धरौटीमा छाड्यो ।

    त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले विदेश गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले ।

    जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाई प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो ।

    जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका थिए । 

     जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  

    न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष निकालेका थिए । 

    लामिछाने उक्त फैसलाविरुद्ध उच्च अदालत पुगेका थिए । 

    बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गर्ने तयारी गरेको छ । 

    संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने÷नगराउने विषयमा निर्णय गर्ने बताएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार