images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घट्दा महँगियो अष्ट्रेलियन डलर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घट्दा महँगियो अष्ट्रेलियन डलर

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घट्दा महँगियो अष्ट्रेलियन डलर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४१ पैसा पर्नेछ । यसअघि भने अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा तोकिएको थियो ।  

    images
    images

    युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेकोमा आज बढेर खरिदमा १४० रुपैयाँ ८३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४७ पैसा पर्नेछ । 

    अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । यसअघि एकको खरिदमूल्य ८५ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ १८ पैसा रहेको अष्ट्रेलियन डलर आज बढेर खरिदमा ८५ रुपैयाँ २४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६३ पैसा पुगेको छ । 

    त्यस्तै, एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८० पैसा रहेको क्यानेडियन डलर आज घटेर खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसामा झरेको छ । 

    जापानिज येन १० को खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५७ पैसा पर्नेछ । यसअघि भने साउदी रियालको खरिदमूल्य ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५९ पैसा रहेको थियो ।

    त्यस्तै, कतारी रियालको भाउ पनि घटेको छ । यसअघि एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा रहेको कतारी रियाललाई खरिदमा  ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५८ पैसा पर्नेछ । 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार