images
images

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ? (सूचीसहित)

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ? (सूचीसहित)

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ? (सूचीसहित)

    काठमाडौँ / साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ। 

    नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन मंगबार स्वीकृत गरेको थियो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएसँगै नयाँ बोनस दर कम्पनीले घोषणा गरेको हो। 

    साबिक प्रभु लाइफका विभिन्न ९ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ९ वर्षदेखि अधिकतममा २५ वर्ष माथि रहेको छ। यी बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतममा ७० रुपैयाँसम्म निर्धारण गरिएको छ। 

    \यसैगरी साबिक महालक्ष्मी लाइफका विभिन्न ७ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ५ वर्षदेखि अधिकतममा ३० वर्षसम्मको रहेको छ। ती बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतममा ५२ रुपैयाँसम्म निर्धारण गरिएको छ।  

    साविक प्रभु लाइफले सावधिक सम्बृद्ध बीमालेख योजनामा न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीका अनुसार ९ वर्षसम्मको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

    त्यस्तै, सावधिक तथा आजीवन बीमालेख (अमुल्य) योजनमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । ९ वर्षसम्म अवधिको ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको ७० रुपैयाँ बोनसदर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    सावधिक सम्बृद्ध (एकल भुक्तानी) योजनामा ९ वर्ष अवधिको ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनसदर तोकेको छ ।

    अग्रिम भुक्तानी सावाधिक–वैभव योजनामा १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनस उपलब्ध गराउने भएको हो ।

    त्यस्तै, कम्पनीले प्रत्येक वर्ष ५ प्रतिशत बीमाङ्क वृद्धि हुने सावधिक (श्रीवृद्धी) योजना र सावधिक बालबालिका (जीबनकिरण) योजनामा न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    त्यस्तै, अग्रिम भुक्तानी बालिबालिका सावधिक (जीवन उन्नती) योजना र एकल अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्नती) योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँ बोनस दर तोकिएको छ ।

    साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको भने महालक्ष्मी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

    यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दर तोकेको छ । यस्तै, कम्पनीले महालक्ष्मी बाल बचत बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनस दर तोकेको छ ।

    यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ३२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, सम्पूर्ण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

    यस्तो छ प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९को बोनस दर

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार