काठमाडौँ / नेशनल लघुवित्त वित्तीय संस्थाका संस्थापकले शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका विभिन्न ९ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ६४ हजार ४४२ कित्ता शेयर बिक्री गर्ने भएका हुन् ।
कम्पनीले बिक्री गर्न लागेको शेयरको मूल्य तोकिएको छैन । कम्पनीको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।
यदि सो अवधिमा संस्थापकहरुले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्तालाइ बिक्री खुला गरिने कम्पनीले बताएको छ ।