चर्चित समाचार
  • बढ्यो विदेशी मुद्रा सञ्चिति, १०.३ महिनाको आयात धान्न पुग्ने

    बढ्यो विदेशी मुद्रा सञ्चिति, १०.३ महिनाको आयात धान्न पुग्ने

    मंगलवार, असोज ३० २०८०
    मंगलवार, असोज ३० २०८०
  • बढ्यो विदेशी मुद्रा सञ्चिति, १०.३ महिनाको आयात धान्न पुग्ने

    काठमाडौँ / पछिल्लो समय मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झन्डै बजेटको हाराहारी पुगेको छ । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म बिदेशी विनियम सञ्चितीमा बढेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बिदेशी विनियम सञ्चिती बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । 

    २०८० असार मसान्तसम्ममा कूल १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको सञ्चिति समीक्षा अवधिमा ३.९ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । यस्तो सञ्चिति अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु.१४०६ अर्ब ५२ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौमसान्तमा ०.६ प्रतिशतले कमी आई रु.१९२ अर्ब ३८ करोड कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

    सञ्चिति पर्याप्तता सूचक

    आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार