images
images

पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न, ५० जना राइडरहरू सहभागी

पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न, ५० जना राइडरहरू सहभागी

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न, ५० जना राइडरहरू सहभागी

    काठमाडौँ / नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । 

    images
    images

    2.jpg

    माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज -यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो । उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए । आयोजकले माइलेजका बिजेताहरूलाई पुरस्कार प्रदान गरेको थियो ।

    1.jpg

    उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरूबीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र र उपहारहरू पनि प्रदान गरिएको थियो ।

    3.jpg

    करिब ५० जना राइडरहरू सहभागी भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार