images
images

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकता

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकता

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • images
    images
    हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकता
    images
    images

    काठमाडौं/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हुवावे नेपालले हात्तीसारस्थित हुवावे टावरमा महिला स्वास्थ्य जागरूकता सत्र आयोजना गरेर कर्मचारी कल्याणप्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ।

    images
    images

    यो पहल यो कार्यक्रम महिलाहरूमा व्यापक रूपमा देखिने पाठेघरको क्यान्सर र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) मा केन्द्रित गर्दै महिला कर्मचारीहरूका लागि महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । 
     

    महिला स्वास्थ्य विशेषज्ञले सत्रको नेतृत्व गर्दै जोखिम कारकहरू, यसका लक्षणहरू र रोकथामका उपायहरू साथै उपचारका विकल्पहरूबारे विस्तृत जानकारी दिए। । 

    छलफलमा पाठेघरको क्यान्सर र पिसिओएस लगायत धेरै स्वास्थ्य समस्याहरूलाई प्रारम्भिक स्क्रिनिङ जीवनशैली परिमार्जन र समयमै चिकित्सा चेकजाँच मार्फत व्यवस्थापन वा रोकथाम गर्न सकिन्छ भन्ने कुरामा पनि जोड दिइएको थियो ।


    लैंगिक समावेशिता र कर्मचारी कल्याण पहलहरूको हिस्साको रूपमा हुवावे नेपालले कार्यस्थलको स्वास्थ्यकर वातावरण सुनिश्चित गर्न हावा गुणस्तर, पानीको गुणस्तर र खाद्य सुरक्षाको नियमित अनुगमन मार्फत स्वस्थ कार्य वातावरणको सुनिश्चितता गर्दै आएको छ । 

    पर्यावरण, स्वास्थ्य, र सुरक्षा ९भ्ज्क्० नीतिअन्तर्गत, कम्पनीले आगलागी नियन्त्रण अभ्यास ९ाष्चभ मचष्िि० तथा अन्य कार्यस्थल सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी उच्चतम व्यावसायिक स्वास्थ्य र सुरक्षाका मापदण्डहरू कायम राख्ने कार्य गर्दै आएको छ।


    यस्ता पहलहरू मार्फत हुवावे नेपालले सबै कर्मचारीहरूको लागि स्वस्थ, समावेशी र सशक्त कार्यस्थल निर्माण गर्ने प्रतिबद्धता जारी राखेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार