images
images

दसैंका लागि तपाई लामो यात्रामा हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

दसैंका लागि तपाई लामो यात्रामा हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • दसैंका लागि तपाई लामो यात्रामा हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

    काठमाडौं/  दसैंका लागि तपाई लामो यात्रामा हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् यात्रा सहज हुन सक्छ । दसैँका लागि गाउँघर जानेक्रम बढेको छ । वा कसैले दसैँलाई घुम्ने अवसरका रुपमा पनि लिन्छन् ।
     लामो दुरीको यात्रामा होस् वा छोटो यात्रा गर्दा सामान्य सावधानी पनि नअपनाउँदा ज्यान जोखिममा पर्न सक्छ । विरामी परिन सक्छ यात्रा नै खल्लो हुन सक्छ । यसैले तपाईको यात्रा सहज बनाउन यी कुराहरुमा सावधानी अपनाउनुस्ः 

    images
    images


    ध्यान पुर्याउनु पर्ने कुराः 

    १. टिकट काउन्टरमा नै गएर काट्ने ।आफू चढ्ने बस तथा ड्राइभर र बस्ने सिटको राम्रो यकिन गर्ने । बिचौलियबाट टिकट काट्दा समस्या हुनसक्छ । अरुको भर नपर्दा राम्रो हुन्छ

    २. आफ्नो लग्नुपर्ने सामान ब्याग तथा आवश्यक डकुमेन्ट ठीक भएको नभएको दोहोर्याएर यकिन गर्नुस् । 
    ३. यात्रामा बान्ता आउने टाउको दुख्ने समस्या छ भने औषधि सेवा गर्ने ।त्यस्ता आवश्यक औषधि बोक्ने । आरामले सुत्ने । 

    ४. बसको यात्रामा सवारीसाधनको झ्यालबाट टाउको ननिकाल्ने । यात्रुले टाउको वा हात निकाल्दा जोखिम बढि हुन्छ । 

     ५. आफ्नो टिकट साथमा नै सुरक्षित राख्ने । मागेको बेला देखाउन र बसेको सिटबाट उठाउन खोजेमा देखाउनका लागि आफ्नो टिकट साथमा नै राख्नु पर्छ ।

    ६. बस स्टेसनमा समयमा नै पुग्ने । समयको ख्याल गर्नुपर्छ ।

    ७. मापासे नगर्ने । यात्रुले यात्रा गर्दा मापासे गर्नु हुँदैन । अरुलाई समेत असहज बनाउँछ । 

    ८. खाना थोरै खाएर यात्रा गर्ने । जंक फुड प्रयोग नगर्ने । खाना पचेन भने पेट दुखेर यात्रा सुखद नहुन सक्छ। यात्रमा अरुले दिएको खानेकुरा नखाने । 

    ९. यात्राको बारेमा जानकारी गराउने परिबारलाई । के गर्दै कहाँ पुगेको बताउँदा परिबार ढुक्क हुन्छन् । जानकारीले सहज हुन्छ । 

    १०. कतै बस रोक्दा रोकेको ठाउँमा नै बस्ने  । असहज भएको भए । चालकलाई जानकारी गराउने । 

    ११. जुन क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, त्यहाँको मौसमको अवस्था, बाटोको अवस्था, त्यहि अनुसार लुगाकपडा र जुत्ता अन्य विषय ब्यवस्थापन गर्ने । 

    १२.यात्राका क्रममा लाग्ने अनुमानित खर्चभन्दा केही बढी पैसा साथमा बोक्नुहोस् ।
    रकम नगदमा नै बोक्नुहोस् र यसको सुरक्षामा ध्यान दिनुहोस् ।

    १३. आफुलाई यात्रामा चाहिने सम्पूर्ण सामाग्रीहरु प्याक गर्नुहोस ।
    यात्रा गर्दा आवश्यक पर्न सक्ने कपडाहरु ,मोबाइल चार्जर हेड फोन, टुथ पेस्ट ब्रस र अन्य दैनिक प्रयोगका सामानहरु चाहिने मात्रामा प्याकिङ्ग गर्नुहोस । सामान प्याकिङ्ग गर्न आफुलाई चाहिने साइजको झोला व्यवस्था गर्नुहोस ।

    १४. आफु बस्ने भरपर्दो होटेललाइ सम्पर्क गर्नुहोस । जानकारी दिनुहोस् । 

     


     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार