images
images

१९ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

१९ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • १९ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

    काठमाडौँ / गत आर्थिक बर्षको नाफाबाट १९ म्युचुअल फन्डले लाभांश घोषण गरेका छन् । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका हुन् । 

    images
    images

    अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ । यस बर्ष एनएमबि हाइब्रिट फण्ड एल १ ले इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस्तै, एनएबि ५० ले १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९ दशलमव ५ प्रतिशत, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६ दशलमव ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

    त्यस्तैगरी, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । नविल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ९ दशलमव ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

    ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुईवटा योजनाले पनि लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले कर सहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरुलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार