images
images

जगदम्बा मोटर्सद्वारा महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी, काठमाडौँको भृकुटिमण्डपमा ५ दिनसम्म चल्ने

जगदम्बा मोटर्सद्वारा महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी, काठमाडौँको भृकुटिमण्डपमा ५ दिनसम्म चल्ने

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • जगदम्बा मोटर्सद्वारा महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी, काठमाडौँको भृकुटिमण्डपमा ५ दिनसम्म चल्ने

    काठमाडौँ / नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ । महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौँको भृकुटी मण्डपमा कार्तिक २१ गतेदेखि २५ गतेसम्म (नोवेम्बर ७ देखि ११) ५ दिनसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ ।

    images
    images

    सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रूपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू हात पार्न सक्नेछन् । 

    उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रू. ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा रू. १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् । 

    साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको स्विधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पूर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ ।

    म्हा एक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजकिका साथै आकर्षक एकस्चेन्ज अफरका साथै उपहारहरूको पनि ब्यवस्था गरेको छ । मोटरसाइकलका पारखीहरूले यो अवसरछुट्याउनै नहुने कम्पनीको भनाइ छ । 

    जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

    गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रूचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार